Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • February 05, 2025
  • 414

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ माघ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ माघ २०८१, बुधबार)

१.  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय कहिले गरेका हुन् ? 

➤ सन् २०२५ जनवरी २०

  • अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनले अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्नेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका । 
  • ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि सङ्गठनबाट अमेरिकालाई अलग गरेका थिए । 
  • ट्रम्पले सोही दिन पेरिस जलवायु सम्झौता परित्याग गर्ने आदेशमा पनि हस्ताक्षर गरेका । 
  • विश्लेषकहरूले विश्वको दोस्रो ठुलो हरितगृह ग्यास उत्सर्जक मुलुक अमेरिका सम्झौताबाट बाहिरिनु जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि ठुलो धक्का भएको बताएका । ट्रम्प आफ्नो पहिलो कार्यकालमा पनि ऐतिहासिक जलवायु सम्झौताबाट बाहिरिएका थिए । 
  • जो बाइडेन सत्तामा आएपछि ट्रम्पका दुवै निर्णय उल्ट्याएका थिए । 

२.  नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

➤ विराटनगर जुट मिल

 

३.  नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २०२७ पुस २६

  • विसं २०२७ पुस २६ गते कम्पनी ऐन, २०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।
  • निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।

 

४.  वसन्त र पतझड नामक कृतिका लेखक को हुन् ?

➤ कन्फ्युसियस

 

५.  ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

➤ सेनेटरी प्याडको मूल्य

 

६.  सार्सको पूरा रूप के हो ?

➤ सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम 

  • सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।

 

७.  मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

➤ एन्जियोप्लास्टी 

 

८.  राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

➤ वि.सं. २०६५ वैशाख २२

 

९.  दुई फरक गुण भएका जीवहरूबिच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?

➤ हाइब्रिडाइजेसन

 

१०.  प्राचीन कालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कृष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?

➤ अवधि 

 

११.  कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

➤ महाभारत पर्वत 

  • (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)

 

१२.  मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका ‘बग’ अर्थात् सुरक्षा कमजोरी पत्ता लगाउन र ठुलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?

➤ बग बाउन्टी प्रोग्राम

  • कमजोरी पत्ता लगाउन ती कम्पनीहरूले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।
  • यस कार्यमा साइबर सुरक्षामा दिग्गज्ञ इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जोसुकैले सहभागिता जनाउन सक्छन् ।
  • यसरी डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई बग बाउन्टी रिवार्ड भनिन्छ ।
  • गुगल, फेसबुक, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरूले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।

 

१३.  नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?

➤ वि.सं. १९९० कात्तिक १६

 

१४.  इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर कहिले सार्वजनिक गरिएको हो ?

➤ सन् २०१९ अप्रिल १०

  • ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वाकर्षण क्षेत्र हो, जहाँ अत्यधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।
  • वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होल निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई इभेन्ट होराइजन भनिन्छ । 
  • यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ को संज्ञा दिइएको हो ।

 

१५.  एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

➤ सन् १९८९

  • यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
  • यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

 

१६.  कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?

➤ चिम्पान्जी

 

१७.  अरब राष्ट्रबिच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?

➤ सन् १९४५ मार्च २२

  • (यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)

 

१८. भारतको उत्तर प्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?

➤ मुगल शासक शाहजहाँ

  • मुगल शासक शाहजहाँद्वारा आफ्नी रानी मुमताजको सम्झनामा बनाइएको यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद उस्ताद अहमद लाहौरीले गरेका ।
  • यसको निर्माण अवधि सन् १६३२–१६४८ रहेको ।
  • विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।
  • दी जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेनि एक करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने । 

 

१९. “जीवन साइकलको सवारी जस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ ।” भन्ने भनाइ कसको हो ?

➤ अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक 

 

२०. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलो पटक कहिले गरियो ?

➤ सन् २०१२ 

  • नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बरमा भएको । 
  • डब्लुटिओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ÷छ वर्षमा हुने गरेको । 

 

२१.  नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको जन्म कहाँ भएको हो ?

➤ काभ्रेपलाञ्चोक 

  • काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकास्थित भमरकोटमा सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रूपमा विसं १८४५ पुस १५ गते उनको जन्म भएको थियो । उनको बुबापट्टिका हजुरबुबा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुबा अमरसिंह थापा हुन् । उनी नेपाली सेनाको पुरानो गोरख गणको कप्तान थिए । यिनी नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षार्थ नेपालको तर्फबाट करिब छ सय जनाको नेतृत्व गर्दै खटिएका थिए । 
  • नेपाली फौजको तुलनामा लगभग आठ गुणा शक्तिशाली सैनिकसँग नेपाली फौज युद्धमा होमिएको थियो । उक्त युद्धमा अङ्ग्रेज फौजतर्फ ठुलो क्षति भएको थियो । सो युद्धमा नेपालीहरूको हार भए पनि नेपाली वीरताको कदर गर्दै अङ्गेज फौजले हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।
  • उनले दुन उपत्यकाको रक्षाका लागि दुन उपत्यका भन्दा झन्डै आठ किमी उत्तरको उच्च स्थानमा रहेको खलङ्गामा किल्ला बनाई अङ्गे्रजसँग लडेका थिए ।
  • राष्ट्रिय विभूति बलदभद्रको विसं १८७९ चैत २८ मा निधन भएको थियो ।

 

२२.  सन् २००५ मा इराकमा भएको आन्दोलनलाई के नामले चिनिन्छ ?

➤ पर्पल रिभोलुसन 

  • (सन् १९८६ मा फिलिपिन्समा भएको आन्दोलनलाई यल्लो रिभोलुसन, जर्जियामा सन् २००३ मा भएको आन्दोलनलाई रोज रिभोलुसन, सन् २००४ नोभेम्बर २२–२००५ जनवरी २३ सम्म युक्रेनमा भएको आन्दोलनलाई अरेन्ज रिभोलुसन, सन् २००५ मा किर्गिस्तानमा भएको आन्दोलनलाई टुलिप (कतै कतै पिङ्क रिभोलुसन) रिभोलुसन तथा सन् २०११ मा इजिप्टमा भएको आन्दोलनलाई लोटस रिभोलुसन भनी चिनिने ।)

 

२३.  नेपालमा प्रिन्टिङ प्रेसको सुरुवात कहिले भएको हो ?

➤ वि.सं. १९०८

  • यो प्रेस राणा प्रधानमन्त्री जङ्गबहादुरले बेलायतबाट ल्याएका ।
  • यसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनेर चिनिने । यसलाई थापाथली दरबारमा स्थापना गरिएको थियो ।
  • गिद्धे प्रेसपछि दोस्रो प्रेसका रूपमा ‘मनोरञ्जन प्रेस’  स्थापना भएको ।

 

२४.  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ रहेको छ ?

➤ जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा

  • (दुर्गम एवं पिछडिएको क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विसं २०६८ मा यस प्रतिष्ठानको स्थापना गरिएको ।)

 

२५.  विश्वको इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्ताबेज कुनलाई मानिन्छ ?

➤ म्याग्नाकार्टा

 

२६.  दोस्रो जनआन्दोलन कहिलेदेखि कहिलेसम्म चलेको थियो ?

➤ वि.सं. २०६२ चैत २४–२०६३ वैशाख ११ (१९ दिनसम्म चलेको)

 

२७.  ‘विजार्ड अफ नर्थ’ भनी क्यानडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?

➤ हो ची मिन्ह (भियतनाम)

 

२८.  पोताला दरबार कहाँ रहेको छ ?

➤ ल्हासा, चीन

  • चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट् स्रङचङ गम्पोले सन् ६३७ तिर गरेका । उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए ।
  • यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो ।
  • पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 133
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 144
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 242
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA