Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

माघ महिना समसमायिक विशेष २०८१

  • Ajnabee Khadka
  • March 11, 2025
  • 629

माघ महिना समसमायिक विशेष २०८१

माघ महिना समसमायिक विशेष २०८१

१. हेन्ली पासपोर्ट इन्डेक्स–२०२५ अनुसार नेपालको स्थान - १०१ औँ 

  • हेन्लीले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्सको विश्व वरीयताको शीर्ष स्थानमा सिङ्गापुर रहेको ।
  • फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, स्पेन, अस्ट्रिया, शीर्ष तीनको सूचीमा रहेका । 

 

२. सन् २०२५ जनवरीमा भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो–खो विश्वकपमा नेपालको स्थान - दोस्रो (विजेता : भारत) 

  • पुरुष तथा महिला दुवैतर्फ नेपाल उपविजेता बनेको । नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो । त्यसैले टिम गेममा नेपाली खेलकुदका लागि यो सबैभन्दा ठुलो उपलब्धि हो ।
  • भारत दुवै वर्गमा खो–खो विश्वकपको पहिलो च्याम्पियन बनेको ।
  • नेपालको पुरुष र महिला टिमले खो–खो विश्वकपको पहिलो संस्करणकै फाइनल खेलेर आपूmलाई इतिहासको पानामा सामेल गरेका ।
  • पहिलो खो–खो विश्वकपमा पुरुषतर्फ २० र महिलातर्फ १९ टिमको सहभागिता रहेको ।
  • नेपालको महिला टिम अपराजित रहँदै भारतसँग फाइनल खेलेको थियो । नेपालले फाइनल यात्राको सिलसिलामा सेमिफाइनलमा युगाण्डा, क्वाटर फाइनलमा इरान तथा समूह चरणमा
  • भुटान, जर्मनी, श्रीलङ्का र बङ्गलादेशलाई हराएको थियो ।
  • फाइनलमा नेपालकी मनमती घानी उत्कृष्ट डिफेन्डर घोषित भएकी । त्यसै गरी भारतकी चैत्रा सर्वश्रेष्ठ खेलाडी र अंशु कुमारी सर्वश्रेष्ठ अट्याकर घोषित भएका ।
  • पुरुषतर्फ नेपालका रोहित वर्मा सर्वश्रेष्ठ डिफेन्डर, भारतका सुयस गर्गटे सर्वश्रेष्ठ अट्याकर र मेहुल सर्वश्रेष्ठ खेलाडी घोषित भएका । 

 

३. १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना मिति - वि.सं. २०८१ चैत्र २३–३०, कर्णाली प्रदेश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २०८१ मङ्सिर २१ को ११८ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलको सो मिति तय गरेको । यसअघि परिषदले २–९ मङ्सिरसम्म प्रतियोगिता आयोजना गर्ने भनेको थियो ।
  • कर्णालीको सुर्खेतमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुदमा ३५ खेल समावेश गरिने जनाइएको । 

 

४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार–२०८१ - प्रा.डा जगदीशचन्द्र रेग्मी

  • पुरस्कार राशि रु. एक लाख रुपियाँ रहेको ।
  • षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार साहित्यकार सुश्री भद्रकुमारी घले र षडानन्द क्षेत्रीय पुरस्कार कुन्ता शर्मालाई प्रदान गरिएको।
  • दुवै पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको ।
  • षडानन्दले भोजपुर दिङलामा विसं १९३२ मा संस्कृत विद्यालय स्थापना गरेर तत्कालीन समयमा शिक्षाको ज्योति छर्ने कार्य गरेका।

 

५. चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेस्थित डिङ्ग्री काउन्टी अन्तर्गत सोगो सहरलाई केन्द्र बनाई शक्तिशाली भूकम्प - सन् २०२५ जनवरी ७ 

  • ६.८ म्याग्निच्युडको सो भूकम्पका कारण कम्तीमा १२६ भन्दा बढी व्यक्तिको निधन भएको र एक हजारभन्दा बढी घर भत्किएका ।
  • चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिएएनसी) ले भूकम्पको गहिराइ १० किलोमिटरमुनि र शक्ति ६.८ म्याग्निच्युड मापन गरेको । युएस जिओलोजिकल सर्भेले भने ७.१ मापन गरेको थियो ।
  • नेपाली समय अनुसार ६:५० बजे गएको सो भूकम्पको पूर्वी र मध्यनेपालमा पनि ठुलो झड्का महसुस भएको । 

 

६. इजरायल र प्यालेस्टिनी समूह हमासबिच युद्धविरामको सहमति - सन् २०२५ जनवरी 

  • दुई पक्षबिचको मध्यस्थकर्ता कतार र अमेरिकाका अनुसार हमास र इजरायल दुवैले बन्दी रिहा गर्ने सर्तसहित युद्धविरामको सहमति भएको हो ।
  • युद्ध विराम सन् २०२५ जनवरी १९ देखि लागु ।
  • दुई पक्षबिच सहमति जुटेपछि १५ महिना लामो युद्ध अन्त्य हुन पुगेको ।
  • पहिलो चरणमा छ साताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको ।
  • प्यालस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि दुई पक्षबिच युद्ध चर्किएको थियो । हमासको आक्रमणबाट अक्टोबर ७ मा करिब १२ सयको ज्यान गएको थियो ।
  • हमासले २५१ जनालाई बन्धक बनाएर लगेको थियो । इजरायली आक्रमणले ४६ हजारभन्दा बढी गाजावासीको ज्यान गएको छ । 

 

७. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल बिनाअक्सिजन आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने.......For full Access Subscribe and Go to Study> Notes > Current Affairs

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 133
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 143
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 241
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA