Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)

  • Bikash Shrestha
  • July 14, 2025
  • 642

नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)

Ninth Five-Year Plan (2054–2059)

नवौँ पञ्चवर्षीय योजना (२०५४–२०५९)

उद्देश्य

राष्ट्रको दीर्घकालीन विकास अवधारणासँग मेल खाँदै, यस योजनाको मुख्य उद्देश्य ‘गरिबी निवारण’ थियो। यसले राष्ट्रको प्रमुख चुनौतीका रूपमा रहेको गरिबीलाई दीर्घकालीन र प्रभावकारी रूपमा घटाउने लक्ष्य राख्यो।


प्राथमिकता क्षेत्रहरू

१. कृषि तथा वन
२. जलस्रोत
३. मानव संसाधन र सामाजिक विकास
४. औद्योगिकीकरण, पर्यटन विकास र अन्तर्राष्ट्रिय व्यापार
५. भौतिक पूर्वाधार


नीतिहरू

१. आर्थिक सुधार र वृद्धिदर

  • आर्थिक सुधारका प्रक्रियाहरू सुदृढ पार्दै आर्थिक वृद्धिदरलाई फराकिलो बनाइने।

२. कृषि विकास

  • दीर्घकालीन कृषि योजना कार्यान्वयन गरि कृषि क्षेत्रमा विकास र विस्तार गरिने।

  • भूमिहीन किसानको पहुँच बढाउन भू–स्वामित्व समस्याको समाधान गर्दै कृषिको उत्पादकत्व वृद्धि गरिने।

  • कृषिमा आधारित उद्योगहरू विकास र विस्तार गरि आम्दानी र रोजगारीका अवसर सिर्जना गरिने।

  1. सामाजिक न्याय र समावेशी विकास

    • जनसहभागितालाई मुख्य आधार बनाई विकेन्द्रीकरण, स्थानीय विकास, र मानव संसाधन विकास गरिने।

    • पिछडिएका जाति, जनजाति र समुदायहरूको आर्थिक तथा सामाजिक उत्थानमा जोड दिइने।

  2. रोजगारी सिर्जना र सीप विकास

    • उद्यमशीलता र सीपमूलक तालिम सञ्चालन गरि स्वरोजगार तथा रोजगारीका अवसरहरू बढाइने।

    • प्राविधिक सहायता, सल्लाह, र ऋण सेवाहरू ग्रामीण तहसम्म पुर्‍याइने।

  3. आयआर्जनको विस्तार

    • कृषि, घरेलु तथा साना उद्योग र पर्यटन क्षेत्रको विकास गरि ग्रामीण स्तरमै आयआर्जन र रोजगारीका अवसरहरू बढाइने।

    • सीमित साधनको अधिकतम उपयोग गरि छिटो र बढी प्रतिफल दिने कार्यक्रमहरूमा प्राथमिकता दिइने।

  4. विदेश व्यापार र प्रतिस्पर्धा

    • निकासी व्यापारलाई अधिकतम प्रोत्साहन दिइने।

    • व्यापार विविधीकरण नीति अनुसरण गर्दै तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि कानुनी तथा संस्थागत पूर्वाधार विकास गरिने।

  5. पूर्वाधार विकास

    • आर्थिक र सामाजिक पूर्वाधारको विकास तथा विस्तार गरि उत्पादन र उत्पादन क्षमतामा वृद्धि गरिने।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 117
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 83
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 127
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA