Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (४ असार २०८२, बुधबार)

  • Ajnabee Khadka
  • June 18, 2025
  • 468

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (४ असार २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (4 Ashar 2082, Wednesday)

१.  मानव विकास प्रतिवेदन, २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ १४५ औँ

  • संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) ले सन् २०२५ जुन १० मा सार्वजनिक गरेको सो प्रतिवेदन अनुसार नेपाल ०.६२२ सूचकाङ्कसहित १४५ औँ स्थानमा रहेको । 
  • पछिल्लो ३५ वर्षमा नेपालको मानव विकास सूचकाङ्कमा ५४ प्रतिशतको वृद्धि भएको पनि प्रतिवेदनमा उल्लेख रहेको । 
  • मानव विकास सूचकाङ्कमा नेपाल मध्यम खालको मानव विकास भएका मुलुकको सूचीमा रहेको ।

२. अन्तर्राष्ट्रिय स्तरको ‘आइरिस’ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो मेनपावर कम्पनी कुन हो ? 

➤ आइएमआर (इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट) 

  • वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता, न्यायोचित प्रक्रिया र श्रमिक अधिकारको संरक्षण सुनिश्चित गरेको भन्दै आइएमआरलाई अन्तर्राष्ट्रिय भर्ना एकीकृत प्रणाली (आइरिस) को प्रमाणपत्र प्रदान (२०८२ जेठ २६) गरिएको । 
  • आइरिसका अनुसार हालसम्म यो प्रमाणपत्र पाउने ५ वटा (नेपाल, सिङ्गापुर, पोल्यान्ड, केन्या, मेक्सिकोका एक–एक) मात्रै मेनपावर कम्पनी रहेका । 

 

३. इजरायल र इरानबिच युद्धको सुरुवात कहिले भएको हो ? 

➤ सन् २०२५ जुन १३

  • जुन १३ मा इजरायलले इरानका आणविक केन्द्र र शीर्ष सैन्य अधिकारी लक्षित गर्दै अचानक आक्रमण सुरु गरेपछि दुई देशबिच लडाइँ सुरु भएको । 
  • इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले इजरायलले आक्रमण जारी राखे आफ्ना आक्रमण थप बढाउने चेतावनी दिएको । 

४. वि.सं. २०८२ असार १ मा सात वटै प्रदेशद्वारा आव २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो ?

➤ रु. दुई खर्ब ८७ अर्ब ७० करोड 

सातै प्रदेशको बजेट (२०८२/८३) : सङ्क्षिप्त झलक 

बागमती प्रदेश :

– कुल बजेट : रु. ६७ अर्ब ४७ करोड ७३ लाख 

– चालुतर्फ : रु. २६ अर्ब चार करोड ४७ लाख (३८.६०५)

– पुँजीगत तर्फ : रु. ४१ अर्ब ४३ करोड २६ लाख (६१.४०५)

कोशी प्रदेश :

– कुल बजेट : ३५ अर्र्ब ८७ करोड ९९ लाख 

– चालु : १८ अर्ब ६७ करोड ३३ लाख (५२.०४ प्रतिशत)

– पुँजीगततर्फ : १७ अर्व १० करोड ६५ लाख (४७.६८ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. १० करोड (०.२८ प्रतिशत)

मधेश प्रदेश :

– कुल बजेट : ४६ अर्ब ९८ करोड ३३ लाख

– चालुतर्फ : १६ अर्ब ७२ करोड पाँच लाख (३५.५९ प्रतिशत)

– पुँजीगततर्फ : ३० अर्ब २६ करोड २८ लाख (६४.४१ प्रतिशत)

गण्डकी प्रदेश :

– कुल बजेट : रु. ३१ अर्ब ९७ करोड ९९ लाख 

– चालुतर्फ : रु. १२ अर्व ६३ करोड ६६ लाख (३९.५२ प्रतिशत)

– पुँजीगततर्फ : रु. १९ अर्ब नौ करोड ३३ लाख (५९.७१ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. २५ करोड (०.७८ प्रतिशत)

लुम्बिनी प्रदेश :

– कुल बजेट : रु. ३८ अर्ब ९१ करोड

– चालुतर्फ : रु. १२ अर्ब एक करोड ४७ लाख (३०.८८ प्रतिशत)

– पुँजीगततर्फ : रु. २३ अर्ब ४७ करोड १४ लाख (६०.३२ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. तीन अर्ब ४२ करोड ३७ लाख

(८.८०प्रतिशत)

कर्णाली प्रदेश :  

– कुल बजेट : रु. ३२ अर्ब ९९ करोड ६६ लाख 

– चालुतर्फ : रु. सात अर्ब ७९ करोड ९१ लाख (२३.६३ प्रतिशत)

– पुँजीगततर्फ : रु. १९ अर्ब ९८ करोड २९ लाख (६०.५६ प्रतिशत)

– वित्तीय व्यवस्थातर्फ : रु. ६१ करोड ५० लाख (१.८६ प्रतिशत)

वित्तीय हस्तान्तरण : रु. चार अर्ब ५९ करोड ९८ लाख (१३.९४ प्रतिशत)

सुदूरपश्चिम प्रदेश :

–कुल बजेट : रु. ३३ अर्ब ४७ करोड ६० लाख 

–चालुतर्फ : रु. १० अर्ब २० करोड ८१ लाख (३०.४९ प्रतिशत)

–पुँजीगततर्फ : १९ अर्ब ८३ करोड दुई लाख (५९.२४ प्रतिशत)

–वित्तीय व्यवस्थातर्फ : रु. एक करोड (०.०३ प्रतिशत) 

–वित्तीय हस्तान्तरण : रु. तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत)

५. हालै (विसं २०८२ जेठ) आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल विद्यालय कुन हो ? 

➤ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (धादिङ)

  • आइएसओ २१००१ गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने सो विद्यालय नेपालको दोस्रो सामुदायिक विद्यालय बनेको । 

 

६. भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ २७० मेगावाट 

  • जाजरकोटको नलगाढ नगरपालिका र रुकुम पश्चिमको आठविसकोट नगरपालिका बिच रहेको भेरी नदीमा सो जलविद्युत् आयोजना निर्माण हुने भएको । 
  • निर्माण सम्पन्न अवधि : पाँच वर्ष । 
  • लागत अनुमान : रु. ४६ अर्ब 
  • उक्त आयोजना स्थलमा पुग्न मुख्य बाटोबाट ११ किलोमिटरको सहायक बाटो निर्माण गर्नुपर्ने जनाइएको । 
  • नदीमा तीन वटा बेलिब्रिजसमेत निर्माण गर्नुपर्ने भएको । 

७. नेपाल राष्ट्र बैङ्कले विसं २०८२ जेठ २७ मा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत वैशाखमा मुद्रास्फीति कतिमा झरेको छ ?

➤ २.७७ प्रतिशत 

  • आर्थिक गतिविधि शिथिल हुँदा उपभोक्ता मूल्य वृद्धिदर पाँच वर्ष पछि कै न्यून विन्दुमा झरेको । 
  • राष्ट्र बैङ्कका अनुसार २०७७ माघमा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशतमा झरेको थियो । कोभिड–१९ को महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा बजारमा वस्तु तथा सेवाको माग घटेपछि मुद्रास्फीति न्यून विन्दुमा झरेको थियो । 

८. आमाको नामबाट मात्र पनि नागरिकता दिइने विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कहिले पारित भएको हो ? 

➤ वि.सं. २०८२ जेठ २७

 

९. धिमाल युवा प्रतिभा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ डा. सजना धिमाल 

  • धिमाल समुदायबाट पहिलो चिकित्सक बन्न सफल डा. सजनालाई सो पुरस्कारबाट सम्मान गरिएको । 
  • हरेक वर्ष असार २ गते सिरिजात पर्व समापनका अवसरमा सो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको । 

१०. राष्ट्र बैङ्कले २०८२ जेठ २७ मा सार्वजनिक प्रतिवेदन अनुसार गत वैशाखमा मात्र नेपालमा कति विप्रेषण भित्रिएको छ ? 

➤ रु. एक खर्ब ६५ अर्ब ३० करोड 

  • मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । 
  • आव २०८१/८२ को १० महिनाको अवस्था 
  • शोधनान्तर बचत : रु. चार खर्ब ३८ अर्ब 
  • विप्रेषण : रु. १३ खर्ब ५६ अर्ब 
  • कुल विदेशी मुद्रा सञ्चिति : रु. २५ खर्ब १२ अर्ब 

 

११. विश्वको पहिलो वैदिक घडी कुन हो ?

➤ विक्रामादित्य वैदिक घडी 

  • भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको । 
  • समय गणना मान ३० घण्टा एक दिन एवं १ घण्टा ४८ मिनेट रहेको । 
  • यस घडीको उद्घाटन सन् २०२४ फेब्रुअरी २९ मा भारतीय प्रम नरेन्द्र मोदीद्वारा गरिएको । 

 

१२. पहिलो नेपाली एनिमेटेड फिचर फिल्म कुन हो ?

➤ सलिना (तेजसराज जोशी निर्देशित) 

 

१३. नेपालका प्रथम महालेखा परीक्षक को हुन् ?

➤ चन्द्र बहादुर थापा

 

१४. अनुसूचीको व्यवस्था नभएको नेपालको संविधान कुन हो ?

➤ नेपाल अधिराज्यको संविधान, २०१५ 

 

१५. धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर हो भने गजुर नै नभएको मन्दिर कुन हो ? 

➤ अशोक विनायक

 

१६. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

➤ विसं २०७४ मङ्सिर १

 

१७. आणिविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

➤ सन् २०२१ जनवरी २२

 

१८. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) को सदस्य कहिले बनेको हो ?

➤ सन् १९७५ 

 

१९. लोक सेवा आयोगको स्थापना कहिले भएको हो ?

➤ विसं २००८ असार १

  • ‘नेपाल पब्लिक सर्भिस कमिसन’ नामबाट २००८ साल असार १ गते लोकसेवा आयोगको विधिवत् स्थापना भएको । 

 

२०.  उपप्रधानमन्त्रीले को समक्ष शपथ लिनुपर्ने प्रावधान रहेको छ ?

➤ राष्ट्रपति 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 119
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 85
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 129
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 231
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 160
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA