Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२८ जेठ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • June 11, 2025
  • 464

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (२८ जेठ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (28 Jestha 2082, Wednesday)

१.  नेपाल बिमा प्राधिकरणले २०८२ जेठ २३ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल बिमामा पहुँच पुगेको जनसङ्ख्या कति छ ? 

➤ ४७.३९ प्रतिशत

  • तथ्याङ्क अुनसार सबै प्रकृतिको बिमालेख गरेर बिमाको पहुँच ४७.३९ प्रतिशत कायम भएको छ । 
  • यो तथ्याङ्क अनुसार अब ५३.६१ प्रतिशत नागरिक बिमाको दायरामा आउन बाँकी छ । 
  • प्राधिकरणले आव २०८१/८२ मा बिमा पहुँच ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । 

२.  सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ? 

➤ २८ वटा (नोक्सानमा रहेका : १५, दुई वटाको  विवरण प्राप्त नभएको ।)

३. इन्डियन प्रिमियर लिग (आइपिएल) – २०२५ को उपाधि जित्न सफल टोली कुन हो ? 

➤ रोयल च्यालेन्जर्स बेङ्गलुरु

  • सञ्चालन मिति : सन् २०२५ मार्च २२–जुन ३ 
  • संस्करण : १८ औँ 
  • विजेता : रोयल च्यालेन्जर्स बेङ्गलुरु 
  • उपविजेता : पन्जाब किङ्ग्स 
  • विजेता बेङ्गलुरुले २० करोड भारु र उपविजेता पन्जाबले १२.५ करोड भारु नगद पुरस्कार प्राप्त गरेका । 
  • फेयर प्ले अवार्ड : चेन्नई सुपर किङ्ग्स 
  • सर्वाधिक रन : साई सुदर्शन (७५९ रन) 
  • सर्वाधिक विकेट : प्रसिद्ध कृष्ण (२५ विकेट), गुजरात टाइटन्स 
  • प्लेयर अफ दी सिरिज : सूर्यकुमार यादव, मुम्बई इन्डियन्स 

४. तारका माध्यमबाट फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै बजार हिस्सा कुन कम्पनीको रहेको छ ? 

➤ वल्र्ड लिङ्क कम्युनिकेसन (३२.०५ प्रतिशत)

बजार हिस्साका आधारमा प्रमुख पाँच कम्पनी  (२०८२ वैशाखसम्म) 

  • वल्र्ड लिङ्क   ३२.०५
  • नेपाल दूरसञ्चार (कं.लि.) ११.२३
  • डिस मेडिया नेटवर्क लि.  ११.१९
  • सुबिसु केबुल नेट लि.  ९.९ 
  • भायानेट कम्युनिकेसन लि. ७.८५

स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण

५. विश्वकै लामो मुक्तिनाथ केबुलकारको लम्बाइ कति रहेको छ ? 

➤ ८१.०१४ किमि

  • विसं २०८२ जेठ २२ को लगानी बोर्डको बैठकले सो परियोजनाको ५७ अर्ब ६४ करोड लगानी स्वीकृत गरेको । 
  • परियोजना बनेपछि नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा वार्षिक ७० अर्ब रुपियाँ योगदान पुग्ने जनाइएको । परियोजनाका कारण सिर्जना हुने आर्थिक अवसर (होटेल, रोजगारी, स्थानीय उत्पादन र बजारलगायत) का आधारमा जिडिपीमा सो बराबरको योगदान पुग्ने देखिएको । 
  • मुक्तिनाथ केबुलकार परियोजनामा ४१६ वटा टावर र ७७६ गोन्डला रहने । 
  • परियोजनामा छ वटा अनिवार्य ट्रान्जिट र नौ वटा स्वेच्छिक स्टेसन हुने छ । 

६. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

➤ जुन ५

  • सन् २०२५ को नारा : प्लास्टिक प्रदूषण घटाऔँ (बिट प्लास्टिक पोलुसन) ।
  • राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (युएनइपी) को आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन यो दिवस मनाउँदै आइएको छ । 
  • विश्वमा प्रत्येक वर्ष करिब ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । 
  • नेपाल सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । 
  • प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ तर्जुमा गरी कार्यान्वयनमा रहेको छ । 
  • राष्ट्रिय वातावरण नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली २०७७ ले पनि यस विषयलाई सम्बोधन गरेका छन् । 

 

७. नेपालमै पहिलो पटक ट्रान्सजेन्डर (जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन कहिले गरियो ? 

➤ विसं २०८२ जेठ १३ (त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज)

  • महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अमेरिकी चिकित्सकको सहयोगमा सो अपरेसन गरिएको । 
  • जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यव्रिmया (सेक्स चेन्ज अपरेसन) गरिएको । 
  • विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामिदियान जारोमीको नेतृत्वमा प्राडा ईश्वर लोहनी, प्राडा जयनमान श्रेष्ठलगायतको टोलीले उक्त शल्यक्रिया गरेको । सो शल्यक्रिया (मेल टु फिमेल) मा पुरुषको लिङ्गको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको । 
  • शिक्षण अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यो सेवा सञ्चालन गरिने जनाइएको छ । 

८. कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८१ कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार मोहन दुवाल (पुरस्कार राशि रु. ५० हजार) 

९. मुलुकभरिका स्थानीय तहका उपमेयर र उपाध्यक्षको राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ जेठ २३–२४, विराटनगर,

  • –सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको, 
  • घोषणापत्रमा स्थानीय तहबाट प्रवाह गरिने सबै प्रकारका सेवालाई थप जनमुखी तथा सेवाग्राहीमैत्री बनाउन सरलीकृत प्रक्रिया अपनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको ।  
  • समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न स्थानीय तहलाई थप सशक्त बनाउनुपर्नेमा जोड ।
  • न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन न्यायिक समितिका निर्णय र फैसलाको अभिलेखका लागि प्रदेशस्तरीय सफ्टवेयर र सर्भरको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग । 
  • सबै स्थानीय तहमा न्यायिक समितिका कार्यमा एकरूपता कायम गर्न कार्यविधि निर्माण गरी लागु गर्न भनिएको । 
  • स्थानीय तहको आर्थिक सशक्तीकरणका लागि वित्तीय समानीकरणको अनुदान वृद्धि गरी ससर्त अनुदानको रकमबाट योजना तथा कार्यक्रम छनोट गर्ने अधिकार स्थानीय तहलाई दिन माग । 
  • संस्थागत बहाल कर स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भएकाले सङ्घीय सरकारलाई यस्तो कर सङ्कलन नगर्न अनुरोध । 
  • राजस्व बाँडफाँटबाट प्राप्त हुने प्रतिशत स्थानीय तहमा बढाउन सम्बन्धित कानुनमा संशोधन गर्न माग । 
  • स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम लघु, घरेलु तथा साना उद्योगको इजाजत, दर्ता, नवीकरण तथा खारेजी गर्ने सम्पूर्ण अधिकार स्थानीय तहले प्रयोग गर्न पाउने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग ।  

१०. पहलमानसिंह स्वाँर नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन तथा दोस्रो प्रादेशिक कविता महोत्सव २०८२ कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८२ जेठ २४–२५, धनगढी (कैलाली)

११. मनोरम पञ्चकुण्ड ताल कहाँ रहेको छ ? 

➤ म्याग्दी 

 

१२. सरकारले गैरबैङ्किङ सम्पत्ति व्यवस्थापन गर्न कहिलेसम्ममा ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ ? 

➤ आव २०८२/८३ (आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत) 

 

१३. स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन अनुसार देशभरकै उत्कृष्ट अस्पताल कुन बनेको छ ?

➤ भक्तपुर अस्पताल (विसं २०८२ जेठ)

 

१४. गण्डकी प्रदेश सरकारले आव २०८२/८३ का लागि प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम कहिले प्रस्तुत ग¥यो ? 

➤ वि.सं. २०८२ जेठ २१ 

  • गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको,  
  • प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको रणनीतिबमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र आयात प्रतिस्थापन गर्न स्थानीय तह एवं निजी क्षेत्रसमेतको साझेदारीमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणको आधार तयार गर्ने विषयलाई कार्यक्रममा समेटिएको, 
  • १० स्थानलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख, 
  • ‘पहिले घरदेश, अनि परदेश’ कार्यक्रम, आरोग्य पर्यटन हवका रूपमा प्रदेशलाई विकास गर्ने, 
  • इन्भेस्ट गण्डकी कार्यक्रममार्फत लगानी सम्मेलन गर्ने, 
  • तनहुँ तथा कास्कीको पुँडीटारलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, 
  • ‘मेरो देश : मेरो दायित्व’ कार्यक्रम सञ्चालन गर्ने, 
  • एक सामुदायिक वन, एक पोखरी निर्माण गर्ने, 
  • उज्यालो गण्डकी प्रदेश अभियान सम्पन्न गरी विद्युत् सेवालाई भरपर्दो र नियमित बनाउनेलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको ।  

१५. नेपाली कराँते स्टार एरिका गुरुङ विश्व वरीयतामा कतिऔँ स्थानमा रहन सफल भएकी छन् ?

➤ २७ औँ (सन् २०२५ जुन) 

  • विश्व कराँते महासङ्घले जारी गरेको विश्व वरीयतामा एरिकाले आफ्नो विधामा छलाङ मारेकी । 
  • यसअघि उनी विश्व वरीयतामा ५० औँ स्थानमा थिइन् ।  
  • हालै मोरक्कोको रावतमा भएको कराँते वान प्रिमियर लिगमा महिला ६८ किलोग्राममाथि समूहमा कांस्य पदक जितेपछि उनको विश्व वरीयतामा सुधार भएको । 

१६. बङ्गलादेशले आफ्नो देशलाई स्वतन्त्र बनाउन भएको क्रान्तिको नेतृत्व गरेका सेख मुजिबुर रहमानको स्वतन्त्रता सेनानीको मान्यता कहिले रद्द गरेको हो ? 

➤ सन् २०२५ जुन ३

  • सेख मुजिबुरसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरिएको ।
  • राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताको पहिचानलाई ‘मुक्ति योद्धाका सहयोगीहरू’ भनेर परिभाषित गरेको । 
  • मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गबन्धु सेख मुजिबुर रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दिन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको । 
  • राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो । 

१७. विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूह अन्तर्गतको दी बैङ्कर्सले प्रदान गरेको दी बैङ्कर्स टेक्नोलोजी अवार्ड २०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

➤ नबिल बैङ्क लि. (सन् २०२५ जुन) 

  • (एसिया–प्रशान्त क्षेत्रका लागि प्रदान गरिएको अवार्डबाट बैङ्क सम्मानित भएको ।)

 

१८. मानव शरीरको रक्त सञ्चालन प्रक्रिया विलियम हार्बेले पत्ता लगाएका हुन् भने वंशानुक्रमको सिद्धान्त कसले पत्ता लगाएका हुन् ?

➤ ग्रेगर मेण्डल

 

१९.  प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ?

➤ सोलुखुम्बु

  • प्रस्तावित क्षेत्र जैविक विविधता, पर्यापर्यटन र संस्कृतिका हिसाबले धनी रहेको । 
  • मेरापिक हिमाल रहेको यो क्षेत्र पर्वतारोहणका लागि समेत प्रसिद्ध रहेको ।

 

२०. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

➤ नेपाल पिक

 

२१.  राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

➤ देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 121
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 86
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 132
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 232
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 161
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA