Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१० वैशाख २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 23, 2025
  • 722

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१० वैशाख २०८२, बुधबार)

Public Service Special Objective Question and Answer (10 Baisakh 2082, Wednesday)

१.  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का सदस्य मुलुकबिच भविष्यका महामारीको सामना गर्नेसम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो ?

➤ सन् २०२५ अप्रिल १६

  • कोभिड–१९ को समयमा गरिएका गल्ती नदोहोर्‍याइ भविष्यका महामारीसँग जुध्ने उद्देश्यका साथ ऐतिहासिक सम्झौतामा सहमत भएका । 
  • सम्झौताको मूल उद्देश्य रोगविरुद्ध औषधी कम्पनीसँग द्रुत साझेदारी सहज बनाउनु र महामारीविरुद्धको सङ्घर्ष सहज पार्नु हो ।

२.  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ वैशाख ५–६, काठमाडौँ

  • सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको । 

३.  कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ ?

➤ वि.सं. २०८२ वैशाख १८ र १९

  • यसअघि माघ ११–१३ का लागि तय गरिएको सम्मेलन स्थगन भएको थियो । 
  • सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग र पर्यटन क्षेत्रका आयोजना बढी रहने जनाइएको । 

४.  नेपालमा हाल (२०८२ वैशाख) सम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

➤ ८९९

  • पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ ‘भ्वाइलेट कुक्कु’ फेला परेको । 
  • वैज्ञानिक नाम : क्राइसोककस साइन्थोरिंकस 
  • नेपाल पन्छीविद् सङ्घले विसं २०८२ वैशाख ३ मा यस बारेमा जानकारी दिएको । 
  • ८९८ औँ : पर्पल–रम्पेड सनबर्ड (२०८१ फागुन) 
  • ८९७ औँ : खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर), (२०८१ मङ्सिर))
  • ८९६ औँ : तालु धर्से अर्जुनक (स्पोटेड फ्लाइक्याचर), (२०८१ श्रावण) 
  • ८९५ औँ  : फुस्रो सारौँ (विसं २०८१ वैशाख)

५.  नेपालको प्रवासन दर प्रतिहजार जनसङ्ख्यामा कति रहेको छ ?

➤ ७.५ प्रतिशत

 

६.  हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित छ ?

➤ जैमिनी नपा–९, पैयुँथन्थाप 

  • हात्तीको मुखाकृतिको रूपमा रहेको सो शिला २००६ सालतिर देखिएको स्थानीयको भनाइ रहेको । 
  • सो आकृतिलाई २०१२ सालदेखि गणेशको रूपमा पूजा गरिँदै आएको । 
  • उक्त हात्तीढुङ्गा स्थानीय पर्यटकको आकर्षणको केन्द्र बने पनि बाह्य पर्यटकको पर्खाइमा रहेको छ । 

 

७.  शिलापत्र वर्ष खेलाडी २०८१ घोषित हुन सफल खेलाडी को हुन् ?

➤ पलेशा गोवर्धन

  • उनले सन् २०२४ को पाराओलम्पिकमा नेपाललाई पहिलो ऐतिहासिक पदक  (काँस्य) दिलाएकी । 
  • उनी दोस्रो पटक ‘वर्ष खेलाडी’ घोषित भएकी । 
  • यसअघि २०७८ सालमा पनि उनी शिलापत्र वर्ष खेलाडी घोषित भएकी हुन् । 
  • शिलापत्र वर्ष खेलाडी २०८० क्रिकेटर दीपेन्द्रसिंह ऐरी घोषित भएका थिए । 

८.  वल्र्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ छनोट हुन सफल व्यक्तित्व को हुन् ?

➤ कामपा उपमेयर सुनिता डङ्गोल

  • संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्ष मुनिका ११६ जना छनोटमा परेका । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्र छानिएकी हुन् । 
  • डङ्गोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुन् । 
  • डङ्गोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा र भारतका नागरिक उड्डयनमन्त्री किंजरापु राममोहन नायडु पनि राजनीति क्षेत्रबाटै छनोट भएका । 

९.  कफी खेती सर्वेक्षण, २०७५ अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो ?

➤ काभ्रेपलाञ्चोक (दोस्रो : स्याङ्जा र तेस्रो सिन्धुपाल्चोक)

 

१०. ह्वाइट हेल्मेट के सँग सम्बन्धित छ ?

➤ सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन 

 

११.  पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याइएको डाटा बेसलाई के भनी चिनिन्छ ?

➤ आई फेमिलिया 

 

१२.  नेपालमा सन् २०२५ सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?

➤ २४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।)

 

१३ कृषि ज्ञानकेन्द्र कहाँ स्थापना गरिने भएको छ ?

➤ फक्ताङलुङ, ताप्लेजुङ 

 

१४. नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ?

➤ सन् २०३०  

 

१५.  विश्व पृथ्वी दिवस कहिले मनाइन्छ ?

➤ अप्रिल २२

  • सन् २०२५ को नारा : आवर पावर : आवर प्लानेट (हाम्रो शक्ति : हाम्रो प्लानेट)
  • सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको । 

 

१६. मिसेस डिभा नेपाल–२०२५ को ताज चुम्न सफल युवती को हुन् ?

➤ सङ्गीता अधिकारी (सिनामङ्गल, काठमाडौँ)

  • उनले ताजसँगै एनएफइए अवार्ड २०२६ लण्डनमा सहभागी हुनका लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी । 
  • सो प्रतियोगितामा टीका रानामगर फस्ट रनरअप र सम्झना गौतम सेकेन्ड रनरअप चयन भएका ।

१७.  पोप फ्रान्सिसको निधन कहिले भएको हो ?

➤ सन् २०२५ अप्रिल २१ (८८ वर्षको उमेरमा)

  • पोप फ्रान्सिसको नाम जर्ज मारियो बर्गोग्लियो हो ।
  • उनी रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो ल्याटिन अमेरिकी जेसुइट थिए । 

१८.  सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?

➤ वि.सं. २०८२ वैशाख ८

  • निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने सो आयोग १५ सदस्यीय हुने । 
  • आयोगमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारी सदस्य रहने । 

१९. भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्‍यो ?

➤ सन् २०२५ अप्रिल २०

  • यो हतियारले साना क्षेप्यास्त्र, हेलिकप्टर र ड्रोनलाई खसाल्न सक्ने जनाइएको । 
  • डिफेन्स रिर्सच डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) ले अप्रिल २० का दिन आन्ध्र प्रदेशको कुर्नुलमा परीक्षण गरेको । 
  • यो परीक्षण पछि भारत आधुनिक लेजर हतियार भएका चिन, अमेरिका, रुस, बेलायत, जापान जस्ता देशको सूचीमा परेको छ । 

 

२०.  बिसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

➤ सुदूरपश्चिम

  • नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहेको ।
  • विशेष गरी सुदूरपश्चिम अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडी जिल्लामा यो पर्व मनाउने गरिएको ।
  • देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एकआपसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।
  • विसु पर्वमा घरहरू लिपपोत गर्ने, मिठा–मिठा परिकार बनाई खाने र विशेष गरी सिस्नु लगाउने प्रचलन रहिआएको । 
  • शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको । 
  • पछिल्लो समय सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको ।

 

२१.  वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था गर्ने महानगर कुन हो ?

➤ ललितपुर महानगरपालिका 

 

२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? 

➤ धर्म कचहरी 

 

२३. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुन् ?

➤ भीएस नायपाल

  • उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका ।
  • सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका । 

 

२४. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

➤ विसं २०७४ श्रावण १२

  • (युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)

 

२५. संयुक्त राष्ट्रसङ्घले ‘क्लाइमेट प्रोमिस’ (जलवायु प्रतिज्ञा) २०२५ कहिले सुरु गरेको हो ?

➤ वि.सं. २०८१ वैशाख ११

  • यो पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा बढी बढ्नबाट रोक्न संयुक्त विश्वव्यापी प्रयास हो ।
  • राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको नेतृत्वमा यो पहल सुरु भएको हो ।
  • यसले सामाजिक सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू, आदिवासी नेता तथा प्रमुख निकायसहितका सरोकारवालालाई जलवायु अनुकूलनका मुद्दामा एकीकृत गर्ने छ।
  • साथै महासचिव गुटेर्रेसको ‘सबै विनाश निराशा होइन’ भन्ने महत्वपूर्ण सन्देशलाई विश्वमाझ पुर्‍याउन सो अभियान सार्थक बन्ने अपेक्षा गरिएको ।
  • जलवायु परिवर्तनको प्रतिकार्यका लागि वित्त प्रवाह गर्न र जलवायु अनुकूलनको महत्वाकाङ्क्षा सफल बनाउन राष्ट्रसङ्घले सक्रिय पहल गर्दै आएको गुटेर्रेसले जनाएका । 

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 129
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 141
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 239
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 171
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA