Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सोह्रौं योजना अवधिभरको साधारण (चालु) र पूँजीगत खर्च व्यवस्थापन सम्बन्धी विस्तृत तथ्याङ्कीय प्रक्षेपण

  • Ajnabee Khadka
  • April 08, 2026
  • 213

सोह्रौं योजना अवधिभरको साधारण (चालु) र पूँजीगत खर्च व्यवस्थापन सम्बन्धी विस्तृत तथ्याङ्कीय प्रक्षेपण

statistical projections regarding general (current) and capital expenditure management

सोह्रौं योजनामा सार्वजनिक खर्च व्यवस्थापनको प्रक्षेपण (रु. करोडमा):

खर्चको शीर्षक
२०८१/८२
२०८२/८३
२०८३/८४
२०८४/८५
२०८५/८६
योजना अवधिको जम्मा
हिस्सा (%)
१. चालु (साधारण) खर्च
७,५२,७७
८,६०,४४
९,३८,९५
९,८५,३४
१,०३,४२९
४५,७१,७९
३७.९%
२. पूँजीगत खर्च
३,०५,००
३,९४,५०
५,५५,०४
६,५४,२२
८,६२,२८
२७,७१,०४
२३.०%
३. वित्तीय व्यवस्थापन
३,५७,२३
४,२१,५६
४,७३,९८
५,२३,५८
४,८१,४०
२२,५७,७५
१८.७%
४. वित्तीय हस्तान्तरण (अनुदान)
३,८५,००
४,२३,५०
४,८७,०३
५,४८,७५
६,१८,४६
२४,६२,७४
२०.४%
कुल सार्वजनिक खर्च
१८,००,००
२१,००,००
२४,५५,००
२७,११,८९
२९,९६,४३
१,२०,६३,३२
१००%

खर्च व्यवस्थापन सम्बन्धी प्रमुख सूचक तथा लक्ष्यहरू:

सि.नं.
प्रमुख सूचक (Indicator)
एकाइ
आधारभूत अवस्था (२०७९/८०)
योजनाको अन्त्य (२०८५/८६) को लक्ष्य
१.
कुल गार्हस्थ्य उत्पादनमा संघीय खर्चको अनुपात
प्रतिशत
२३.७
२९.१
२.
कुल संघीय विनियोजनमा चालु, पूँजीगत र वित्तीय व्यवस्थाको अनुपात
अनुपात
७१:१६:१३
५५:२९:१६
३.
कुल विनियोजनमा खर्चको अनुपात (खर्च क्षमता)
प्रतिशत
७९.७
९०
४.
पूँजीगत खर्चको विनियोजनमा खर्च हुने अनुपात
प्रतिशत
६१.४
९०
५.
कुल खर्चमा वार्षिक बेरूजूको अनुपात
प्रतिशत
२.४
१.५
६.
कुल गार्हस्थ्य उत्पादनमा संघीय वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँटसहित)
प्रतिशत
६.९
८.०
 
खर्च व्यवस्थापनका प्रमुख रणनीतिक तथा रूपान्तरणकारी पक्षहरू:
  • आयोजनाको पूर्व तयारी सम्पन्न भएपछि मात्र बजेट विनियोजन गर्ने र "आयोजना बैंक" (Project Bank) लाई संस्थागत गरी उच्च प्रतिफल दिने आयोजनामा मात्र लगानी केन्द्रित गर्ने नीति लिइएको,
  • आयोजना प्रमुखसँग निश्चित सूचकका आधारमा कार्यसम्पादन सम्झौता (Performance Contract) गरी कार्यान्वयनलाई जिम्मेवार र नतिजामुखी बनाइने,
  • पूँजीगत खर्चलाई आर्थिक वर्षको अन्त्यमा हुने भीडभाड कम गर्न त्रैमासिक लक्ष्य र त्रैमासिक भुक्तानी नीति अवलम्बन गरिने,
  • अनिवार्य र आकस्मिक दायित्व बाहेकका साधारण खर्चलाई वैज्ञानिकीकरण गर्ने, दोहोरोपन हटाउने र सार्वजनिक खर्च पुनरावलोकनका सुझावहरू कार्यान्वयन गरी साधारण खर्चलाई वाञ्छित सीमामा राख्ने लक्ष्य,
  • सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरणलाई कार्यसम्पादनमा आधारित (Performance-based) बनाउँदै वित्तीय सङ्घीयतालाई सबल बनाइने,
  • सूचना प्रविधिको प्रयोग गरी आयोजना निर्माणको नतिजामुलक अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाइने,

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 113
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 78
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 118
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 227
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 156
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA