Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक

  • Bikash Shrestha
  • June 22, 2025
  • 478

वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक

Two decades from 2017 to 2037 BS

वि.सं. २०१७ देखि २०३७ सालसम्मका दुई दशक

वि.सं. २०१७ पुस १ गते दलगत राजनीतिक प्रणाली विघटन भयो। त्यसपछि पुस ९ गते नयाँ शासन सञ्चालनको सूचना जारी गरियो र पुस १२ गते राजा महेन्द्रको अध्यक्षतामा नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरियो। पुस २२ गते सबै राजनीतिक दलहरूलाई अवैध घोषित गर्दै प्रतिबन्ध लगाइयो।

पञ्चायती व्यवस्था सुरु गर्ने घोषणा गरिएको थियो, जसअनुसार वि.सं. २०१८ मा गाउँ पञ्चायतको निर्वाचन सम्पन्न भयो। त्यसै वर्ष माघमा जनकपुर बम काण्ड भयो। वि.सं. २०१९ पुस १ गते नयाँ पञ्चायती प्रणालीअनुसारको संविधान जारी गरियो।

वि.सं. २०१७ पुस २२ मा राजा महेन्द्रले संसदीय प्रणालीको अन्त्य गरी पञ्चायती परम्पराको थालनी गरे। उनले देशको समग्र विकासका लागि दरिद्रता, अज्ञानता, पिछडिएको अवस्था हटाउन पञ्चायती प्रणालीलाई लोकतन्त्रको आधार बनाउने घोषणा गरे। यस प्रणाली अन्तर्गत स्थानीय स्वायत्त शासन संस्थामार्फत जनतालाई प्रशासनमा सहभागी गराइने र जनअभिरुचि विकास गराइने भनिएको थियो।

वि.सं. २०२० मा राजा महेन्द्रद्वारा राष्ट्रिय पञ्चायत उद्घाटन भयो। २०२३ मा संविधानको पहिलो संशोधन भई पञ्चायत प्रणाली स्पष्ट रूपमा ‘निर्दलीय व्यवस्था’ बनाइयो।

वि.सं. २०१७ देखि सुरु भएको पञ्चायती शासनमा विभिन्न प्रधानमन्त्रीहरूले नेतृत्व गरे:

  • डा. तुलसी गिरि

  • सूर्यबहादुर थापा (पञ्चायत अन्तर्गतका प्रथम प्रधानमन्त्री)

  • कीर्तिनिधि विष्ट

  • नगेन्द्रप्रसाद रिजाल

  • मरिचमान सिंह

  • लोकेन्द्रबहादुर चन्द

वि.सं. २०३६ जेठ १० गते जनमतसङ्ग्रहको घोषणा भयो। २०३७ बैशाख २० गते सम्पन्न जनमतसङ्ग्रहमा पञ्चायती व्यवस्थाको पक्षमा बहुमत आयो।

यस अवधिमा निम्न प्रमुख कार्यहरू सम्पन्न भए:

  • वि.सं. २०१८ फागुन ७ देखि स्थानीय तह (गाउँ/नगर पञ्चायत) निर्वाचन प्रारम्भ

  • वि.सं. २०२० भदौ १ मा नयाँ मुलुकी ऐन लागू

  • वि.सं. २०२१ मङ्सिर ८ मा भूमिसुधार ऐन जारी

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 118
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 84
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 128
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA