Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्वास्थ्य

  • Bikash Shrestha
  • August 08, 2025
  • 620

स्वास्थ्य

Health


नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रदान गरेको छ। यससँगै, प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारसम्बन्धी जानकारी पाउने अधिकार, स्वास्थ्य सेवामा समान पहुँचको अधिकार, र शुद्ध खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार सुनिश्चित गरिएको छ। यही संवैधानिक व्यवस्था तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा गरिएको प्रतिबद्धताअनुसार, गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसै क्रममा नेपाल सन् १९५३ मा डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को सदस्य राष्ट्र बनेको हो। योजनाबद्ध विकास प्रक्रियाअन्तर्गत स्वास्थ्य क्षेत्रमा नीति, कार्यक्रम, जनशक्ति विकास, औषधि तथा उपकरण आपूर्ति, र संस्थागत सुधारजस्ता प्रयासहरू गरिँदै आएका छन्। यसबाट स्वास्थ्य सेवा प्रवाहमा समावेशी रूपमा संख्यात्मक र गुणात्मक प्रगति भएको छ, जसले जनसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि गरेको छ। यसका अतिरिक्त निजी, सामुदायिक, गैरसरकारी क्षेत्र र स्थानीय तहको योगदानले पनि स्वास्थ्य सेवा सुदृढ भएको छ। नेपालमा सञ्चालित राष्ट्रिय खोप कार्यक्रमसहित विभिन्न खोप अभियानहरू, र सङ्क्रामक तथा असङ्क्रामक रोगसम्बन्धी सेवामा भएका सुधारका कारण हाल औसत आयु ७१.२ वर्ष पुगेको छ।

  • कुल प्रजनन दर (प्रति महिला) — २.१

  • नवजात शिशु मृत्युदर (प्रति १००० जीवित जन्ममा, जन्मपश्चात २८ दिनभित्र) — २१

  • शिशु मृत्युदर (प्रति १००० जीवित जन्ममा, जन्मपश्चात १ वर्षभित्र) — २८

तर पनि, दुर्गम जिल्ला/बस्ती तथा गरिबीको रेखामुनि रहेका र पिछडिएका वर्गका लागि स्वास्थ्य सेवामा सहज, सुलभ र व्यापक पहुँच अझै सुनिश्चित हुन सकेको छैन। सांस्कृतिक, लैङ्गिक, आर्थिक र सामाजिक अवरोधका कारण उपलब्ध स्वास्थ्य सेवाहरू समान रूपमा प्रवाह हुन सकेका छैनन्।

 

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 173
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 193
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 59
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 80
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA