Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघको बडापत्रका प्रमुख धाराहरू

  • Ajnabee Khadka
  • February 05, 2026
  • 1015

संयुक्त राष्ट्र संघको बडापत्रका प्रमुख धाराहरू

Key Articles of the United Nations Charter
धारा (Article) व्यवस्था / विषयवस्तु मुख्य विशेषता
धारा १ उद्देश्यहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने, राष्ट्रहरूबीच समान अधिकार र आत्मनिर्णयको सिद्धान्तका आधारमा मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने, र आर्थिक, सामाजिक, सांस्कृतिक वा मानवीय समस्याहरू समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने,
धारा २ सिद्धान्तहरू यो संघ सबै सदस्यहरूको सार्वभौम समानताको सिद्धान्तमा आधारित छ। सबै सदस्यहरूले आफ्ना अन्तर्राष्ट्रिय झगडाहरू शान्तिपूर्ण ढङ्गले सुल्झाउनुपर्ने र कुनै पनि राज्यको प्रादेशिक अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्न नहुने व्यवस्था यसमा छ। साथै, धारा २ (७) ले संयुक्त राष्ट्र संघलाई कुनै पनि राज्यको आन्तरिक अधिकार क्षेत्रभित्रका विषयमा हस्तक्षेप गर्ने अधिकार दिँदैन।
धारा ४ सदस्यता शान्तिप्रिय राज्यहरूले महासभाको निर्णय र सुरक्षा परिषद्को सिफारिसमा सदस्यता प्राप्त गर्न सक्छन् भन्ने कुरा उल्लेखित,
धारा ५ र ६
निलम्बन वा निष्कासन
बडापत्रका सिद्धान्तहरू उल्लङ्घन गर्ने सदस्यलाई सुरक्षा परिषद्को सिफारिसमा महासभाले निलम्बन वा निष्कासन गर्न सक्ने व्यवस्था,
धारा ७ प्रमुख अङ्गहरू यस धाराले संयुक्त राष्ट्र संघका ६ वटा प्रमुख अङ्गहरू स्थापना गरेको छ: महासभा, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद्, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय
धारा ९ महासभा (General Assembly) महासभाको गठन र संरचना सम्बन्धी व्यवस्था; महासभामा संयुक्त राष्ट्र संघका सबै सदस्यहरू रहनेछन् र प्रत्येक सदस्यका बढीमा ५ जना प्रतिनिधि हुन सक्छन् भन्ने व्यवस्था,
धारा १८ महासभामा मतदान महत्त्वपूर्ण प्रश्नहरूमा निर्णय गर्दा उपस्थित भई मतदान गर्ने सदस्यहरूको २/३ बहुमत र अन्यमा साधारण बहुमतको व्यवस्था,
धारा २३ सुरक्षा परिषद्को गठन सुरक्षा परिषद्मा १५ सदस्य रहनेछन्, जसमा ५ स्थायी सदस्य (चीन, फ्रान्स, सोभियत संघ—हाल रुस, बेलायत र अमेरिका) र महासभाबाट २ वर्षका लागि निर्वाचित १० अस्थायी सदस्यहरू रहने व्यवस्था,
धारा २७ भिटो (Veto) अधिकार "भिटो" शब्द स्पष्ट रूपमा प्रयोग नभए पनि, कार्यविधि सम्बन्धी विषयमा ९ सदस्यको सकारात्मक मत भए पुग्छ, तर अन्य गम्भीर विषयमा ५ स्थायी सदस्यको सहमतिसहित ९ सदस्यको मत अनिवार्य हुन्छ (भिटो प्रयोगको आधार),
धारा ३३ विवादको शान्तिपूर्ण समाधान कुनै पनि झगडा पर्दा पक्षहरूले वार्ता, सोधपुछ, मध्यस्थता, मेलमिलाप वा अन्य शान्तिपूर्ण उपायबाट समाधान खोज्नपर्ने व्यवस्था,
धारा ४१ असैन्य कारबाही (सशस्त्र बल प्रयोग नगरी गरिने कारबाही) शान्ति भंग भएमा समुद्री, हवाई, हुलाक, टेलिग्राफ, रेडियो तथा अन्य सञ्चारका साधनहरूको मार्फत आर्थिक र कूटनीतिक सम्बन्ध विच्छेद गर्ने अधिकार,
धारा ४२ सैनिक कारबाही (सशस्त्र बल प्रयोग गरी गरिने कारबाही)
  • यदि सुरक्षा परिषद्लाई धारा ४१ मा उल्लेख गरिएका (असैन्य) उपायहरू अपर्याप्त छन् वा अपर्याप्त सावित भएको लागेमा उसले धारा ४२ अनुसारको कदम चाल्न सक्छ,
  • अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न वा पुनःस्थापना गर्न आवश्यक भएमा सुरक्षा परिषद्ले वायु, समुद्री वा स्थल सेना मार्फत कारबाही गर्न सक्ने व्यवस्था,
धारा ५१ आत्मरक्षाको अधिकार कुनै सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भएमा सुरक्षा परिषद्ले आवश्यक कदम नचालेसम्म सम्बन्धित राष्ट्रलाई व्यक्तिगत वा सामूहिक आत्मरक्षाको स्वाभाविक हक,
धारा ६१ आर्थिक तथा सामाजिक परिषद् आर्थिक तथा सामाजिक परिषद् (Economic and Social Council - ECOSOC) को गठन, सदस्यहरूको निर्वाचन र पदावधिको बारेमा व्यवस्था गरेको,
धारा ९२ अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice) संयुक्त राष्ट्र संघको प्रधान न्यायिक अङ्ग (principal judicial organ) को स्थापना र यसको स्वरूपका बारेमा व्यवस्था गरेको,
धारा ९७ सचिवालय र महासचिव संयुक्त राष्ट्र संघको प्रमुख अङ्ग सचिवालय र त्यसको प्रमुखको रूपमा रहने महासचिवको बारेमा व्यवस्था गरेको,
धारा १०३ बडापत्रको सर्वोच्चता बडापत्रको दायित्व र अन्य अन्तर्राष्ट्रिय सम्झौताहरू बीचको सम्बन्धका बारेमा व्यवस्था गरेको,
धारा १०८/१०९ संशोधन प्रक्रिया बडापत्रमा संशोधन गर्न महासभाको दुई-तिहाइ बहुमतले पारित गरी सुरक्षा परिषद्का सबै स्थायी सदस्यहरूसहित दुई-तिहाइ सदस्य राष्ट्रहरूले आफ्नो संवैधानिक प्रक्रिया अनुसार अनुमोदन गर्नुपर्छ भन्ने व्यवस्था,

 

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 78
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 86
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 61
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 83
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA