Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्णाली प्रदेशको खस मल्ल राज्य

  • Bikash Shrestha
  • September 25, 2025
  • 924

कर्णाली प्रदेशको खस मल्ल राज्य

Khas Malla Kingdom of Karnali Province

खस मल्ल राज्य पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत र दक्षिणमा तराई भूभागसम्म फैलिएको विशाल साम्राज्य थियो। यस राज्यको प्रवेशद्वार कैलाली–कञ्चनपुरको मल्लवार क्षेत्र मानिन्थ्यो। यसले तिब्बतका केही भूभागमा समेत आफ्नो प्रभाव स्थापित  गरेको थियो । पश्चिमतर्फ गढवाल–कुमाउँदेखि पूर्वतर्फ गोरखासम्म यसको सीमा विस्तार भएको पाइन्छ । यसको  राजधानी सिँजा थियो । तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली क्षेत्रमा स्वाधीन खस राज्य स्थापना गरेको मानिन्छ। यो घटना ई.स. ११५० तिर, अर्थात् १२औँ शताब्दीमा भएको अनुमान गरिन्छ । तिब्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख रज्यको गोपाल राजवंशावलीजस्ता स्रोतहरूले यस क्षेत्रको इतिहासबारे जानकारी दिन्छन् । खस मल्ल शासकहरूमा नागराज, चापिल्य, क्रासिचल्ल, अशोक चल्ल, जितारी मल्ल, चाप, चापिल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्लजस्ता राजा रहेका उल्लेख पाइन्छ। यो राज्य करिब २२६ वर्षसम्म अस्तित्वमा रह्यो । खस राज्य पतनपछि सुदूर पश्चिमतर्फ बझाङ, डोटी, जाजरकोट आदिका रूपमा बाइसे राज्यहरूको उदय भयो। हालको अवस्थामासमेत नेपालकै सबैभन्दा अविकसित र पछाडिपरेको मानिने यो क्षेत्र मध्यकालीन समयमा भने अत्यन्त शक्तिशाली राज्यका रूपमा ख्यातिप्राप्त थियो । खस मल्ल राज्यको प्रमुख योगदान भाषासँग सम्बन्धित थियो। आजको नेपाली भाषाको उत्पत्ति यही खस मल्ल राज्यमै भएको हो। त्यसैले यस भाषालाई ‘खस कुरा’ वा ‘सिँजाली भाषा’ पनि भनिन्थ्यो। खस मल्ल राजाहरूले यसलाई राजकाजको भाषा बनाई राष्ट्रभाषाको आधार तयार गरे। त्यसैले यो भाषा निरन्तर परिमार्जित हुँदै विकसित हुँदै गयो । खस मल्ल राज्यको विघटनपछि बनेका बाइसे–चौबिसे राज्यहरूले पनि यही भाषालाई व्यापक रूपमा प्रयोग गरे। अन्ततः यही भाषा बाइसे–चौबिसे राज्यहरूको राजभाषा भएर एकीकृत नेपालको राष्ट्रभाषा बन्न पुग्यो ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 71
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 110
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 55
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 74
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA