Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल एक प्राचीन देशको रूपमा

  • Bikash Shrestha
  • September 12, 2025
  • 699

नेपाल एक प्राचीन देशको रूपमा

Nepal as an ancient country
  • विभिन्न धर्मशास्त्र र पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ। करिब १३ करोड वर्षअघि बनेका यहाँका पर्वतशृङ्खला र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ।
  • पश्चिम नेपालको बुटवल क्षेत्रबाट पाइएको रामापिथेकस मानवको अवशेषले करिब १ करोड वर्षअघि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको प्रमाण दिन्छ।
  • "नेपाल" नामको पहिलो उल्लेख अथर्व परिशिष्टमा पाइन्छ। यसको निर्माण समय निश्चित गर्न नसकिए पनि इसापूर्व ५००–६०० को आसपासमा बनेको मानिन्छ। यसमा नेपाललाई कामरु, विदेह, उदुम्बर, अवन्ती र कैकय देशसँगै राखी चर्चा गरिएको छ।
  • बौद्ध ग्रन्थ "मूल सर्वास्तिवाद विनयसंग्रह" मा पनि नेपालको उल्लेख गरिएको छ। यसमा भगवान बुद्धको समयमा उनका चेलाहरू व्यापारीहरूसँगै नेपाल प्रवेश गरेको घटना वर्णन गरिएको छ।
  • महाभारतको वनपर्वमा नेपाललाई "विषय" (जिल्ला)को रूपमा वर्णन गरिएको छ। जैन ग्रन्थ "आवश्यक सूत्र" तथा कौटिल्यको अर्थशास्त्र (इ.पू. चौथो शताब्दी) मा पनि नेपालको उल्लेख पाइन्छ।
  • भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा नेपाललाई "छिमेकी राज्य"को रूपमा उल्लेख गरेका छन्। त्यसपछि प्रायः सबै ऐतिहासिक स्रोतहरूले नेपाललाई स्वतन्त्र राज्यको रूपमा नै वर्णन गरेका छन्।
  • नेपालका शिलालेखहरूमा "नेपाल" शब्दको पहिलो प्रयोग वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा भेटिन्छ। यसरी नेपाल अत्यन्तै प्राचीन समयदेखि नै "नेपाल" नामले परिचित रहेको स्पष्ट हुन्छ।
  • पौराणिक ग्रन्थहरूका अनुसार सत्ययुगमा यसलाई सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल भनिन्थ्यो।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 89
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 119
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 55
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 74
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA