Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अनलाइन सञ्चार माध्यम

  • Bikash Shrestha
  • August 21, 2025
  • 638

अनलाइन सञ्चार माध्यम

Online media

 

  • सूचना प्रविधिको तीव्र विकाससँगै नेपालमा अनलाइन मिडियाले आफ्नो सशक्त उपस्थिति स्थापित गरिसकेको छ। नेपालमा अनलाइन सञ्चार माध्यमको औपचारिक दर्ता प्रक्रिया अनलाइन सञ्चार माध्यम निर्देशिका, २०७३ जारी भई, वि.सं. २०७३ चैत्र ९ गतेदेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागमार्फत सुरु भएको हो।
  • आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा विभागमा जम्मा ४६३२ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन्। सो अवधिमा मात्र ५५६ नयाँ अनलाइन सञ्चार माध्यम दर्ता भएका छन् भने १४९२ अनलाइन सञ्चार माध्यम नवीकरण भएका छन्।
  • हाल प्रायः सबै ठूला लगानीमा सञ्चालित दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरूले आफ्ना अनलाइन संस्करणसमेत प्रकाशन गर्ने गरेका छन्। पछिल्ला वर्षहरूमा यो प्रवृत्ति एफएम रेडियो र टेलिभिजनले पनि अपनाएका छन्।
  • घटनाक्रमहरूको तत्काल जानकारी उपलब्ध गराउने यी अनलाइन मिडियाले प्रकाशित सामग्रीबारे पाठकको प्रत्यक्ष प्रतिक्रिया पनि तुरुन्तै सार्वजनिक गर्ने गरेका छन्। यसरी हेर्दा, आगामी दिनमा अनलाइन मिडिया मानव जीवनको अविभाज्य अङ्ग बन्ने निश्चित देखिन्छ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 131
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 149
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 59
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 77
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA