Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

काठमाडौं उपत्यकाको उत्पत्ति

  • Bikash Shrestha
  • June 06, 2025
  • 1444

काठमाडौं उपत्यकाको उत्पत्ति

Origin of Kathmandu Valley

काठमाडौं उपत्यकाको उत्पत्ति

लिच्छविकालभन्दा अघिको इतिहास
लिच्छविकालभन्दा अघिको काठमाडौं उपत्यकाको इतिहासमा भरपर्दा स्रोतहरूको अभावले गर्दा स्पष्ट विवरण पाउन गाह्रो छ। वंशावली र पुराणहरूमा आधारित कथाहरू नै मुख्य श्रोत मानिन्छन्। ती कथाहरूमा उपत्यकाको उत्पत्तिबारे अनेक रोचक विवरणहरू पाइन्छन्।

प्राचीन अवस्थाः नागदह र सरोवर
त्यो समयमा काठमाडौं उपत्यका घना जङ्गलले ढाकिएको थियो र बीचमा विशाल सरोवर थियो, जसलाई नागहरूको वासस्थान भएकाले नागदह भनिन्थ्यो।


प्रमुख व्यक्तित्वहरू र घटनाहरू

१. विपश्वी बुद्ध
सत्ययुगमा बन्धुमती नगरबाट आएका विपश्वी बुद्ध उपत्यकाका प्रथम आगन्तुक महात्मा थिए। उनी नागार्जुन पर्वतमा बसेर तपस्या गरे। चैत्र शुक्ल पूर्णिमाको दिन उनले नागदहको बीचमा कमलको बीज रोपे। आज पनि त्यस दिन नागार्जुनमा मेला लाग्ने चलन छ, जुन विपश्वी बुद्धको सम्झनामा मानिन्छ।

२. शिखी बुद्ध
कमलको बीजबाट उत्पन्न अलौकिक फूलमा ज्योतिर्मय स्वयम्भू भगवान् प्रकट भएपछि अरुणपुरबाट आएका शिखी बुद्धले स्वयम्भूको पूजा गरे र अन्ततः भगवान्मै विलीन भए। उनी बसेको पर्वतलाई आज धिनो च्व गिरि भनिन्छ, जहाँ माघ १ गते मेला लाग्छ।

३. विश्वभू बुद्ध
त्रेतायुगमा उपत्यकामा आएका विश्वभू बुद्धले फूलहरूले ढाकिएको पर्वतमा आश्रम बनाए, जुन अहिले फुलो च्व गिरि भनेर चिनिन्छ। उनले नै पहिलोपटक उपत्यकाको पानी बाहिर निकाल्ने उपायबारे जानकारी दिएका थिए।

४. मञ्जुश्री बोधिसत्व
त्रेतायुगमा चीनबाट आएका मञ्जुश्री बोधिसत्वले स्वयम्भूको दर्शन गरेपछि उपत्यकाको पानी निकाल्ने उद्देश्यले कटुवाल नामक स्थानबाट बाहिर पठाउने मार्ग बनाए। उनले स्वयम्भूदेखि गुह्येश्वरीसम्म सहर बनाइ धर्माकरलाई पहिलो राजा नियुक्त गरे। पछि त्यस सहरलाई मञ्जुपत्तन भनियो। आज पनि श्रीपञ्चमीका दिन स्वयम्भूमा मेला लाग्छ।

५. क्रकुच्छन्द बुद्ध
मञ्जुश्रीपछि स्वयम्भू ज्योतिको दर्शनका लागि आएका क्रकुच्छन्द बुद्धले काठमाडौंमा पानीको अभाव देखेपछि गुह्येश्वरीसँग प्रार्थना गरे। त्यसपछि शिवपुरीबाट बागमती नदी उत्पत्ति भएको भनिन्छ। धर्माकरका उत्तराधिकारी राजा धर्मपाल र उनको वंशज सुधन्वाले शासन गरे।


मिथिला र गौडको सम्बन्ध

राजा सुधन्वा र मिथिलाको नियन्त्रण
सुधन्वा सीताको स्वयंवरका लागि जनकपुर गएर जनकका भाइ कुशध्वजद्वारा मारिएका थिए। त्यसपछि केही समय नेपाल उपत्यका मिथिलाको नियन्त्रणमा रह्यो।

गौड राजा प्रचण्डदेवको योगदान
द्वापर युगको अन्त्यमा गौडका राजा प्रचण्डदेवले स्वयम्भूको दर्शन गरी वसुपुर, अग्निपुर, वायुपुर, नागपुर र शान्तिपुर नामका पाँच कुटी बनाए। कलियुग सुरु भएपछि उनले स्वयम्भू ज्योति ढाकी त्यसमा चैत्य स्थापना गरे। त्यस बेला उपत्यकाको राजगद्दी खाली भएकाले उनका छोरा शक्तिदेवले शासन सम्हाले। पछि गुणकामदेव, शक्तिदेव र सिंहल आदि राजाहरूले शासन गरे।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 227
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 268
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 71
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 91
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA