Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जलस्रोत

  • Bikash Shrestha
  • September 08, 2025
  • 681

जलस्रोत

Water Resources

 

नेपाल समुद्री पहुँचबाट वञ्चित भए पनि जलस्रोतका हिसाबले ब्राजिलपछि विश्वको दोस्रो धनी र एसियाको पहिलो धनी राष्ट्र मानिन्छ। नेपालमा करिब ६ हजारभन्दा बढी नदी–नाला छन्। तीमध्ये तीन प्रमुख नदी — कोशी, गण्डकी र कर्णाली — ले मात्र १ लाख ४८ हजार क्युबिक मिटर (जसले कुल जलभण्डार क्षमताको ७४ प्रतिशत ओगट्छ) पानी संचित गर्न सक्छन्। नेपालको कुल जलविद्युत् उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको अनुमान गरिएको छ।

नदीहरूको प्रवाह, जलभण्डारण र उपयोगिताका आधारमा नेपालका नदीलाई मुख्यतया तीन वर्गमा विभाजन गर्न सकिन्छः

(क) पहिलो स्तरका नदी

यी नदीहरू हिमालको हिउँ पग्लेर वा हिमालयबाट उत्पन्न भई वर्षभरि निरन्तर ठूलो जलराशिसहित बग्छन्। सप्तकोशी, सप्तगण्डकी र कर्णाली जस्ता नदी यस श्रेणीमा पर्छन्। यी नदीहरू ठूला जलविद्युत् आयोजना र सिँचाइका लागि अत्यन्त उपयोगी छन्।

(ख) दोस्रो स्तरका नदी

यी नदीहरू हिमालयभन्दा तल महाभारत पर्वतश्रेणीबाट उत्पन्न भई निरन्तर बग्ने भए पनि, हिउँदमा पानीको मात्रा धेरै कम हुन्छ र वर्षामा भने अत्यधिक हुन्छ। मेची, कन्काई, त्रियुगा, कमला, बागमती, बाणगंगा, तिनाउ, राप्ती, बबई, मोहना आदि यस श्रेणीमा पर्छन्।

(ग) तेस्रो स्तरका नदी

यी नदीहरू शिवालिक पर्वतमाला (चुरे) बाट उत्पन्न भई वर्षामा ठूलो बाढी रूप लिन्छन् तर हिउँदमा प्रायः सुक्छन्। सिर्सिया, तिलाबेर, जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुन खोला आदि यस श्रेणीमा पर्छन्। यी नदीहरू बर्खे खेती तथा अल्पकालीन सिँचाइका लागि मात्र उपयुक्त हुन्छन्।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 89
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 119
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 55
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 74
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA