Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

यार्सागुम्बा

  • Bikash Shrestha
  • September 11, 2025
  • 533

यार्सागुम्बा

Yarsagumba

 

नेपालमा पाइने बहुउपयोगी र बहुमूल्य जडीबुटीमध्ये यार्सागुम्बा पनि एक हो। लामा भाषामा “यार्सा” को अर्थ आधा जीव र “गुम्बा” को अर्थ आधा बिरुवा वा बुटी हुन्छ।

यसको वैज्ञानिक नाम Ophiocordyceps sinensis हो, जसमा Ophio को अर्थ सर्प (worm) र cordyceps को अर्थ क्याटरपिलर (caterpillar) हुन्छ। यसलाई Caterpillar fungus, औषधिमूलक च्याउ, फङ्गल बुटी वा हिँड्ने बुटी जस्ता नामले पनि चिनिन्छ। वास्तवमा, यार्सागुम्बा आधा किरा र आधा फङ्गसको मिश्रण हो।

यार्सागुम्बा प्रायः नेपालका ३,००० देखि ५,००० मिटर सम्मका हिमाली क्षेत्रमा पाइन्छ। हिमालमा हिउँ पग्लने क्रममा जमिनमाथि देखिन थाल्ने यार्सागुम्बा सुरुमा लार्भाको रूपमा हुन्छ र पछि फङ्गसमा रूपान्तरण हुन्छ।

यो एक शक्तिवर्धक जडीबुटी मानिन्छ। यसको औषधीय प्रयोग धेरै छन्। यार्सागुम्बा

  • ढाड दुखाइ,

  • रक्तअल्पता,

  • थकान,

  • दम,

  • क्यान्सर,

  • अनिद्रा,

  • रक्तचाप,

  • एलर्जी जस्ता रोगका उपचारमा उपयोगी हुन्छ।

यसले फोक्सो, मृगौला, मुटु, कलेजो जस्ता शरीरका अंगलाई स्वस्थ राख्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन्छ।

नेपालको पूर्वदेखि पश्चिमका उच्च हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा अत्यन्त गुणस्तरीय मानिन्छ। यसको अत्यधिक मूल्यका कारण यसलाई “हिमालयन भियाग्रा” समेत भनिन्छ।

यार्सागुम्बा संकलन हाल अत्यन्त प्रतिस्पर्धात्मक बनेको छ। यो नेपालका उच्च हिमाली भेगमा बसोबास गर्ने मानिसहरूको जीवन निर्वाहको प्रमुख स्रोत बनेको छ। साथै, भविष्यमा नेपालको महत्त्वपूर्ण आयस्रोत बन्न सक्ने ठूलो सम्भावना पनि छ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 89
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 119
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 55
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 74
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA