Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राजनीतिः कुन राजनीतिक दल कति धनी

  • Ajnabee Khadka
  • September 11, 2023
  • 488

नेपाल राजनीतिः कुन राजनीतिक दल कति धनी

नेपाल राजनीतिः कुन राजनीतिक दल कति धनी

निर्वाचन आयोगलाई गत असार मसान्तसम्मको वार्षिक आयव्यय विवरण बुझाएका राजनीतिक दलहरूमध्ये सबैभन्दा धनी नेकपा एमाले रहेको देखिएको छ।

संसद्‌मा दोस्रो ठूलो दलको रूपमा रहेको प्रमुख प्रतिपक्षी एमाले पहिलो ठूलो दल सत्तारूढ नेपाली कांग्रेसभन्दा आर्थिक हैसियतमा अगाडि रहेको आयोगबाट बीबीसीलाई प्राप्त वित्तीय विवरणले देखाउँछ।

संसद्‌को पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो स्थानमा छ भने सरकारको नेतृत्ववकर्ता नेकपा (माओवादी केन्द्र) तेस्रो धनी पार्टीको रूपमा रहेको छ।

निर्वाचन आयोगलाई बुझाएको वार्षिक आयव्यय विवरण अनुसार नेपाली कांग्रेस घाटामा रहेको देखिएको छ।

कुन दलसँग कति सम्पत्ति?

आर्थिक वर्ष २०७८/०७९ सम्म एमालेले ४१ करोड ७२ लाख २० हजार ३१७ रुपैयाँ आम्दानी र १५ करोड ७० लाख ७६ हजार ९८३ रुपैयाँ खर्च गरेको विवरण छ

प्रतिवेदन अनुसार दोस्रो धनी पार्टी राप्रपासँग तीन करोड २१ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ।

  • चुनावी खर्चको सीमा कम कि दल र उम्मेदवारले नै धेरै खर्च गर्न थाले?
  • कस्ता उम्मेदवारको धरौटी फिर्ता हुन्छ र कस्ताको जफत

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/०७९ सम्म १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेकोमा १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ खर्च गरेको विवरण छ।

निर्वाचन आयोगलाई उसले बुझाएको आर्थिक विवरण अनुसार ३ करोड रुपैयाँभन्दा बढी आर्थिक दायित्व पार्टीमाथि रहेको देखिन्छ।

आर्थिक वर्ष २०७८/०७९ सम्म ९ करोड १३ लाख आम्दानी गरेको माओवादी केन्द्रले ८ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ।

सरकारको नेतृत्व गरिरहेको उक्त पार्टीले आर्थिक वर्ष २०७८/०७९ मा ३२ लाख रुपैयाँभन्दा बढी बचत गरेको छ।

माओवादी केन्द्रको वार्षिक आम्दानीको ठूलो हिस्सा सदस्यता शुल्क र लेबीको रहेको छ।

उक्त पार्टीले सदस्यता शुल्क र आवधिक लेबी बापत ८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ।

माओवादी केन्द्रले एक करोड २६ लाख रुपैयाँभन्दा केही बढी रकम प्रचारप्रसार, सम्मेलन, अतिथि सत्कार लगायतका शीर्षकमा खर्च गरेको देखिन्छ।

नेकपा एमालेसँग छुटिएर बनेको पूर्वप्रधानमन्त्री माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आर्थिक वर्ष २०७८/०७९ सम्म ७ करोड रुपैयाँ आम्दानी गरेको विवरण छ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९ हजार ७६० रुपैयाँ आम्दानी गरेको वित्तीय विवरण आयोगमा पेश गरेको छ।

आम्दानीका स्रोत के हुन्?

राजनीतिक दलहरूले आफ्नो आम्दानीका स्रोतमा सदस्यता शुल्कदेखि चन्दा सहयोग, लेबीसम्म उल्लेख गरेका छन्।

एमालेले आर्थिक वर्ष २०७८/०७९ सम्म पार्टी सदस्यता शुल्क बापत ६ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको जनाएको छ।

अन्य लेबी शीर्षकमा उसले ९ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गरेको छ।

राष्ट्रिय महाधिवेशन, विधान अधिवेशन, प्रचारप्रसार र अतिथि सत्कार लगायतका गतिविधिमा आफ्नो अधिकांश खर्च भएको एमालेले वित्तीय विवरणमा जनाएको छ।

२०७८ सालमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनमा सबैभन्दा धेरै रकम खर्च भएको वित्तीय विवरणमा उल्लेख छ।

कांग्रेसले पनि सदस्यता शुल्क, क्रियाशील सदस्यता शुल्क, आवधिक लेबीबाट आम्दानी भएको उल्लेख गरेको छ।

हालसालै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आर्थिक सहयोगबाट आम्दानी गरेको जनाएको छ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1142
  • Vacancy 1
  • Past Questions 124
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 126
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 93
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 97
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 343
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 414
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA