Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Ajnabee Khadka
  • August 16, 2026
  • 74

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
  1. नेपालको निजामती सेवामा समावेशीकरणको अवधारणालाई कार्यान्वयन गर्न निजामती सेवा ऐन, २०४९ मा कहिले संशोधन गरियो?

    • A) २०६३ बैशाख १२

    • B) २०६४ जेठ १७

    • C) २०६४ असार २१

    • D) २०६४ श्रावण २३ ✓

  2. जोडा मिलाउनुहोस् ।

    • क. गुणकामदेव — १. जनकपुरधाम

    • ख. सम्राट अशोक — २. मुक्तिनाथ

    • ग. राजर्षि जनक — ३. बुद्धको जन्मस्थल

    • घ. नेपालको चारधाम — ४. पशुपतिनाथ मन्दिर

    • A) क-४, ख-३, ग-१, घ-२ ✓

    • B) क-२, ख-१, ग-३, घ-४

    • C) क-३, ख-१, ग-२, घ-४

    • D) क-१, ख-३, ग-२, घ-४

  3. राष्ट्रिय जनगणना, २०७८ अनुसार लुम्बिनी प्रदेशको कुल जनसंख्या कति रहेको छ?

    • A) ५१,२५,०७८

    • B) ५१,२४,०७८

    • C) ५१,२३,०७८

    • D) ५१,२२,०७८ ✓

  4. नेपालको संघीय संरचना अनुसार प्रदेशमा सरकार प्रमुखको रुपमा राजनीतिक नेतृत्व कसको रहन्छ?

    • A) प्रदेश प्रमुखको

    • B) मुख्यमन्त्रीको ✓

    • C) प्रदेश सभा सभामुखको

    • D) प्रमुख सचिवको

  5. नेपालको संविधान र शासन प्रणाली बमोजिम तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस् ।

    • (i) न्यायपालिकाको काम केन्द्रीकृत वा संघ सरकार अन्तर्गत नै रहेको छ।

    • (ii) संघ सरकार, प्रदेश सरकार र स्थानीय तहले आ-आफ्नो व्यवस्थापिका/सभामा प्रत्येक वर्षको आय-व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समयावधि क्रमशः जेठ १५, असार १ र असार १० गतेलाई तोकिएको छ।

    • A) (i) र (ii) दुवै ठीक

    • B) (i) ठीक तर (ii) बेठीक

    • C) (ii) ठीक तर (i) बेठीक ✓

    • D) (i) र (ii) दुवै बेठीक

  6. युवा बेरोजगारी, आयात निर्भरता र न्यून उत्पादकत्व जस्ता समस्या एकैसाथ देखिएको अवस्थामा योजनाको दृष्टिले सबैभन्दा उपयुक्त कार्यक्रम कुन हो?

    • A) सीप विकास, उद्यमशीलता, उत्पादनशील लगानी र बजार पहुँचलाई जोड्ने कार्यक्रम ✓

    • B) घरेलु उत्पादनभन्दा आयात विस्तारमा जोड दिने कार्यक्रम

    • C) तथ्याङ्कीय आधारभन्दा अनुमानका आधारमा बजेट बनाउने कार्यक्रम

    • D) ग्रामीण पूर्वाधार र कृषि मूल्य शृङ्खला पूर्ण रुपमा रोक्ने कार्यक्रम

  7. हिन्दुकुश हिमालय क्षेत्रलाई कार्यक्षेत्र समेटेको क्षेत्रीय संगठन 'इसिमोड' को प्रधान कार्यालय कहाँ रहेको छ?

    • A) नेपाल ✓

    • B) भारत

    • C) पाकिस्तान

    • D) भुटान

  8. विप्रेषणले तत्काल उपभोग र विदेशी मुद्रा सञ्चितीमा सहयोग गरे पनि दीर्घकालीन विकासका लागि यसले तलकामध्ये कुन जोखिमलाई निम्त्याउने बढी सम्भावना हुन्छ?

    • A) बाह्य श्रम बजारसँग नेपालको कुनै सम्बन्ध नहुने अवस्था

    • B) कृषि उत्पादन स्वतः अत्यधिक बढ्ने अवस्था

    • C) आयात निर्भरता शून्य हुने अवस्था

    • D) उत्पादनशीलता, सीप र रोजगारी सिर्जना कमजोर हुन सक्ने अवस्था ✓

  9. आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा कति प्रतिशतले वृद्धि भएको छ?

    • A) १२.५० प्रतिशत

    • B) १२.८० प्रतिशत

    • C) १३.२० प्रतिशत

    • D) १३.४४ प्रतिशत ✓

  10. चालु १६औँ योजनाको अन्त्यसम्म राष्ट्रिय स्तरको बेरोजगारी दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ?

    • A) ४ प्रतिशत

    • B) ५ प्रतिशत ✓

    • C) ६ प्रतिशत

    • D) ७ प्रतिशत

  11. नेपालले १७९ औँ मुलुकको रुपमा सन् २०२३ मे ४ मा कुन देशसँग दौत्य सम्बन्ध कायम गरेको हो?

    • A) बेलिज

    • B) रिपब्लिक अफ साउथ सुडान

    • C) रिपब्लिक अफ मलाबी

    • D) रिपब्लिक अफ नाउरू ✓

  12. जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल सरकारले सन् २०२५ मा जारी गरेको तेस्रो राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contributions- NDCs-3.0) अनुसार हाल उत्सर्जन भइरहेको हरित गृह ग्यासको परिमाणलाई सन् २०३० सम्म कति प्रतिशत घटाउने लक्ष्य लिइएको छ?

    • A) १७.१२% ✓

    • B) २३.१८ %

    • C) ३२.१७%

    • D) ४५.३४%

  13. सगरमाथा संवादको मुख्य विषयवस्तु के हो?

    • A) डिजिटल डिभाइड न्यूनीकरण

    • B) गरिबी निवारण र रोजगारी सिर्जना

    • C) जलवायु परिवर्तन र हिमालको भविष्य ✓

    • D) सार्क सहित क्षेत्रीय सहकार्य सुदृढीकरण

  14. दोस्रो विश्वयुद्ध कहिले समाप्त भएको थियो?

    • A) सेप्टेम्बर ५, १९४५

    • B) सेप्टेम्बर ४, १९४५

    • C) सेप्टेम्बर ३, १९४५

    • D) सेप्टेम्बर २, १९४५ ✓

  15. देहायमध्ये कुन कुन प्रदेशका ३६ जिल्लाका वन क्षेत्रको कार्बन बिक्रीका लागि नेपाल सरकार र Emergent Forest Finance Accelerator, Inc. सँग कार्बन उत्सर्जन खरिद सम्झौता भएको छ?

    • A) कोशी, बागमती र गण्डकी

    • B) लुम्बिनी, कर्णाली र सुदुरपश्चिम

    • C) बागमती, गण्डकी र लुम्बिनी ✓

    • D) गण्डकी, कर्णाली र सुदुरपश्चिम

  16. नेपालले रामसार महासन्धि (Ramsar Convention) मा सदस्यता कहिले लिएको हो?

    • A) सन् १९८८ अप्रिल १७ ✓

    • B) सन् १९८९ अप्रिल १४

    • C) सन् १९९५ जुन २९

    • D) सन् २००१ जनवरी १४

  17. स्वास्थ्य विज्ञानको क्षेत्रमा हालै विकास गरिएको एकीकृत खोप Hexavalent Vaccine देहायमध्ये कुन रोग विरुद्ध प्रयोगमा आउँदैन?

    • A) पोलियो

    • B) क्षयरोग ✓

    • C) हेपाटाइटिस-वी

    • D) भ्यागुते रोग

  18. सर आइज्याक न्यूटन देहायका मध्ये कुन विधाका लागि प्रसिद्ध होइनन् ?

    • A) विकासबादको सिद्धान्त ✓

    • B) क्याल्कुलस गणितको अन्वेषण

    • C) गति तथा गुरुत्वाकर्षणको नियम

    • D) अप्टिक्स तथा रङ्गहरुको सिद्धान्त

  19. बिमस्टेकको बडापत्र कहिलेदेखि कार्यान्वयनमा आएको हो?

    • A) २० मे २०२४ ✓

    • B) ३० मार्च २०२२

    • C) १५ मे २०२३

    • D) ३ अप्रिल २०२५

  20. विश्वका अति विकसित, उच्च औद्योगिक शक्तिशाली राष्ट्रहरुको समूह (Group-7) मा नपरेको देश कुन हो?

    • A) United Kingdom (UK)

    • B) Germany

    • C) Russia ✓

    • D) Italy

  21. चर्चित पुस्तक "Animal Farm" का लेखक को हुन्?

    • A) जर्ज ओरवेल ✓

    • B) एल्डस हक्सली

    • C) अर्नेष्ट हेमिङ्ङ्वे

    • D) जोन स्टाइनबेक

  22. विश्वकप फुटबल २०२६ (FIFA World Cup, 2026) कहिले देखि शुरू भएको हो?

    • A) ९ जुन, २०२६

    • B) १० जुन, २०२६

    • C) ११ जुन, जुन, २०२६ ✓

    • D) १२ जुन, २०२६

  23. नेपालमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कुन प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ?

    • A) लुम्बिनी प्रदेश

    • B) मधेश प्रदेश

    • C) कर्णाली प्रदेश ✓

    • D) कोशी प्रदेश

  24. महात्मा गान्धी मुख्यतः केका लागि प्रसिद्ध व्यक्तित्व हुन् ?

    • A) भ्रष्टाचार नियन्त्रण

    • B) सत्य र अहिंसा ✓

    • C) स्वतन्त्रता हिमायती

    • D) मितव्ययिता र राष्ट्रप्रेम

  25. नेपाल WTO को सदस्य कहिले बनेको हो?

    • A) सन् २००२ मे ३

    • B) सन् २००४ अप्रिल २३ ✓

    • C) सन् २००६ सेप्टेम्बर २५

    • D) सन् २००८ मार्च ९

  26. विख्यात भूगोलशास्त्री फेडरिक रांजेल अनुसार सामाजिक भूगोलका प्रकारमा देहायमध्ये कुन पर्दैन ?

    • A) भू-आकृति भूगोल

    • B) सैन्य भूगोल

    • C) प्रादेशिक भूगोल

    • D) नक्षत्रीय भूगोल ✓

  27. नेपालले दक्षिण एशियाको कुल भू-भागको कति प्रतिशत भू-भाग ओगटेको छ?

    • A) ३.२५ प्रतिशत

    • B) ३.० प्रतिशत

    • C) २.८२ प्रतिशत ✓

    • D) २.८४ प्रतिशत

  28. लुम्बिनी प्रदेशको राजधानी देउखुरी, दाङ हुने घोषणा कहिले भएको हो?

    • A) वि.सं. २०७६

    • B) वि.सं. २०७७ ✓

    • C) वि.सं. २०७८

    • D) वि.सं. २०७९

  29. नेपालको प्रमाणिक समय दोलखा जिल्लामा रहेको गौरीशंकर हिमाललाई काटेर ८६°१५' पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ। यो समय ग्रीनवीच मानक समयभन्दा कति छिटो छ?

    • A) ५ घण्टा १५ मिनेट

    • B) ५ घण्टा ३० मिनेट

    • C) ५ घण्टा ४५ मिनेट ✓

    • D) ६ घण्टा १५ मिनेट

  30. राष्ट्रिय जनगणना २०७८ का सम्बन्धमा निम्न तथ्यहरू बिचार गरी सही विदा रोज्नुहोस्।

    • (i) नेपालको जनघनत्व १९८ प्रतिवर्ग कि.मी पुगेको छ ।

    • (ii) सबैभन्दा बढि जनघनत्व भएको जिल्ला काठमाडौँ हो ।

    • A) (i) मात्र सही

    • B) (ii) मात्र सही

    • C) (i) र (ii) दुवै सही ✓

    • D) दुवै गलत

  31. खाली ठाउँ भर्नुहोस् : ....................हिन्द महासागरको मोती हो।

    • A) माल्दिभ्स

    • B) सिंगापुर

    • C) भारत

    • D) श्रीलङ्का ✓

  32. विश्व इतिहासमा Boston Tea Party कुन क्रान्ति/युद्ध सँग सम्बन्धित छ?

    • A) फ्रान्सेली राज्यक्रान्ति

    • B) अमेरिकी स्वतन्त्रता संग्राम ✓

    • C) रुसी क्रान्ति

    • D) भारतीय स्वतन्त्रता संग्राम

  33. उत्तर अमेरिका र दक्षिण अमेरिका बिच पर्ने नहर कुन हो?

    • A) स्वेज नहर

    • B) पानामा नहर ✓

    • C) दुवै ठीक

    • D) दुवै बेठीक

  34. तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस् ।

    • (i) नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँची र प्युठान जिल्लाको भूभागमा रहेको र यसबाट सिंचाई सुविधा तथा जलविद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

    • (ii) बुटवल नजिक सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा Tunnel Boring Machine (TBM) को प्रयोग गरिएको छ।

    • A) (i) र (ii) दुवै ठीक

    • B) (i) ठीक तर (ii) बेठीक ✓

    • C) (ii) ठीक तर (i) बेठीक

    • D) (i) र (ii) दुवै बेठीक

  35. गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा तत्कालीन पाटन राज्यमा आक्रमण गर्नु अगाडी त्यहाँका राजासँग वार्ता गर्न देहायमध्ये कसलाई आफ्नो दूतको रुपमा खटाएका थिए?

    • A) गौरीशंकर पाण्डे

    • B) श्री हर्ष पन्त ✓

    • C) जयवीर बोहरा

    • D) रामकृष्ण खनाल

  36. नेपालमा बोलिने कागते भाषा कुन भाषा परिवारभित्र पर्दछ?

    • A) भोट बर्मेली ✓

    • B) आग्नेय

    • C) भारोपेली

    • D) द्रविड

  37. सामुहिक पुजापाठका लागि थारू समुदायको गाउँहरुमा तलकामध्ये कुन कुरा रहेको हुन्छ?

    • A) देउवा

    • B) भुइँहारथान ✓

    • C) गोसाई

    • D) बराह

  38. नेपालको संविधानको कुन धाराले नेपालको राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ?

    • A) धारा ४

    • B) धारा ५४

    • C) धारा ५६ ✓

    • D) धारा २३२

  39. कार्यक्षेत्रका आधारमा उपयुक्त जोडा मिलाउनुहोस् ।

    • क. बौद्धिक सम्पत्ति — १. प्रदेश सरकार

    • ख. कृषि आयमा कर — २. स्थानीय तह

    • ग. घर जग्गा धनी पूर्जा वितरण — ३. संघीय सरकार

    • घ. सुकुम्बासी व्यवस्थापन — ४. संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार

    • A) क-२, ख-४, ग-१, घ-३

    • B) क-३, ख-१, ग-२, घ-४ ✓

    • C) क-१, ख-२, ग-३, घ-४

    • D) क-४, ख-२, ग-३, घ-१

  40. नेपालको संविधानको धारा ५० को उपधारा (२) मा उल्लिखित देहायको वाक्य पुरा गर्नुहोस् । "राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, .................. उद्यमीशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, एक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुनेछ ।"

    • A) समावेशी सहभागिता

    • B) सामाजिक सशक्तीकरण

    • C) सामाजिक न्याय

    • D) श्रमको सम्मान ✓

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1140
  • Vacancy 1
  • Past Questions 124
  • Nepal Police 8

Latest Blogs

Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 48
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 73
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 340
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 410
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA