Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६

  • Ajnabee Khadka
  • October 01, 2023
  • 699

नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६

नेपालको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६

नेपालको विकास प्रयासमा विकास साझेदारहरूको पुँजी र प्रविधिलाई राष्ट्रको आवश्यकता र प्राथमिकताका आधारमा अधिकतम परिचालन गर्ने सोचसहित अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ जारी भएको छ । उच्च र दिगो आर्थिक वृद्धि गरी नेपाली जनताको समृद्धि र समुन्नतिको सपना पूरा गर्न अन्तर्राष्ट्रिय विकास सहायताको प्रभावकारी उपयोग आवश्यक देखिएको छ । यस सन्दर्भमा नीतिले लिएका लक्ष्य र रणनीतिहरू देहायबमोजिम रहेका छन् :

नीतिका लक्ष्यहरू

– मुलुकलाई तीन वर्षभित्र अति कम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न आवश्यक स्रोतको परिचालन गर्ने,

– सहायतासमेत उपयोग गरी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाललाई मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने,

– राष्ट्रिय विकास नीति अनुरूपका आवश्यकता र प्राथमिकताका क्षेत्रमा बाह्य स्रोत परिचालन गर्ने,

– अन्तर्राष्ट्रिय विकास सहायताको पारदर्शी एवं नतिजामुखी उपयोगमार्फत राष्ट्रिय क्षमता वृद्धि गर्दै सहायताप्रतिको निर्भरता क्रमशः घटाउँदै लैजाने,

नीतिका रणनीतिहरू

– उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, उत्पादन र उत्पादकत्व बढाउने र रोजगारीका अवसरहरू व्यापक रूपमा सिर्जना गर्ने निकासीजन्य उत्पादनका क्षेत्रमा सहायता परिचालन गर्ने,

– अन्तर्राष्ट्रिय विकास सहायता परिचालन गर्दा सबै वर्ग, क्षेत्र र समुदायको सन्तुलित विकासमा ध्यान दिने,

– राष्ट्रिय उत्पादन वृद्धि गरी निर्यात प्रवर्धन गर्ने, आयात प्रतिस्थापन गर्ने, व्यापार असन्तुलनलाई तीव्र रूपमा सन्तुलनतर्फ लैजाने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने,

– अन्तर्राष्ट्रिय विकास सहायतालाई मुलुकको विकासको पूर्वसर्त मानिने क्षेत्र र विषयमा केन्द्रित गर्ने,

– राष्ट्रिय बजेट प्रणालीमा आबद्ध हुने गरी अन्तर्राष्ट्रिय विकास सहायता लिने र सहायता व्यवस्थापन सूचना प्रणाली सुदृढ गरी पारदर्शिता अभिवृद्धि गर्ने,

– नेपालमा सञ्चालन हुने विकास साझेदारको संयुक्त सहायता कोष तथा पूर्वाधार आयोजनामा आधारित सहवित्तीय लगानीका आयोजना वा प्राविधिक सहायता कार्यक्रमबाहेक सामान्यतया कुनै पनि एक विकास साझेदारले अर्को विकास साझेदार वा निकायमार्फत सञ्चालन नगर्ने ।

– यसरी नीतिले राष्ट्रिय हित र प्राथमिकतालाई केन्द्रमा राखी अन्तर्राष्ट्रिय विकास सहायतालाई पारदर्शी बनाउने र राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न जोड दिएको पाइन्छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1141
  • Vacancy 1
  • Past Questions 124
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 48
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 60
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 86
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 341
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA