Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा जल सम्पदाको महत्व

  • Ajnabee Khadka
  • October 01, 2023
  • 971

नेपालमा जल सम्पदाको महत्व

नेपालमा जल सम्पदाको महत्व

‘जीवनका लागि जल’
मानवीय जीवन यापनका लागि नभई नहुने प्राकृितक स्रोत हो, जल सम्पदा । नेपाललाई जल सम्पदामा संसारमै दोस्रो धनी देशको रूपमा मानिन्छ । नेपालमा रहेका ६ सयभन्दा बढी नदीनाला, ताल, कुण्ड, तलाउ, पानीका मुहान र वर्षायामको वर्षा जल सम्पदाका प्रमुख स्रोत हुन् ।

जल सम्पदाको महत्व
आर्थिक महत्व
– नेपालको जलसम्पदाबाट प्रशस्त मात्रामा जलविुद्युत् उत्पादन गरी देशभित्रै विद्युत्को पर्याप्त मात्रामा प्रयोग गर्नुका साथै बढी भएको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न,

– जल सम्पदाबाट सिँचाइ गरी कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्यपालन व्यवसायको प्रवद्र्धन गर्न, हिमाली भेगमा बग्ने झरनाको पानि प्रशोधन गरी पिउने पानीको उत्पादन गरेर निर्यात गर्न,

पर्यटकीय महत्व
बन्जीजम्पीङ, र्‍याफ्टिङजस्ता मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आय आर्जन गर्न,
ताल, कुण्ड र पोखरीको प्रवद्र्धन गरी प्राकृतिक सुन्दरता बढाउन,

सामाजिक महत्व
– मानवीय सभ्यताको विकास नदीनालाबाट भएकाले ऐतिहासिक निरन्तरताका लागि,
– विभिन्न जातजातिको धार्मिक, सांस्कृतिक र सामाजिक प्रथा परम्पराको रक्षा गर्न,

अन्य महत्व
– पिउने पानी, सरसफाइ र पूर्वाधार निर्माणको स्रोतको रूपमा उपयोग गर्न,
– जल यातायात सञ्चालन गर्न, पानीजहाज चलाउन,
– चलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न,
– राष्ट्रिय अन्तर्राष्ट्रिय सिमानाको रूपमा पनि उपयोग गर्न सकिन्छ ।

यसरी, 
सामाजिक सांस्कृतिक साथै जैविक विविधताले भरीपूर्ण हाम्रो देशमा विभिन्न जातजातिको धर्म, संस्कृतिको सञ्चालन एवं आयआर्जन गरी जीवनयापन गर्ने मुख्य स्रोत नै जलसम्पदा भएकाले यसको संरक्षण र संवद्र्धन आजको आवश्यकता हो ।

नेपालमा वनविनाशका प्रमुख कारणबारे छोटकरीमा चर्चा गर्नुहोस् ।   ५
‘हरियो वन नेपालको धन’
वन सम्पदामा संसारमै धनीमध्येको एक नेपालमा कुल क्षेत्रवफलको करिब ४४.७४% भूभाग वन क्षेत्रले ओगटेको छ । ऊर्जाको प्रमुख स्रोत मानिएको वन सम्पदाले जैविक विविधता संरक्षण, प्राकृतिक सुन्दरता अभिवृद्धि, वन्यजन्तुको संरक्षण र रोजगारीका अवसरसमेत जुटाएको पाइन्छ ।

वन विनाशका कारणहरू
– इन्धनको प्रमुख स्रोतको रूपमा दाउराको प्रयोग हुनु, (करिब ६४% जनसंख्या दाउरामा निर्भर)
– वनजंगलको फडानी गरी बसोवासको रूपमा प्रयोग गरिनु,
– विकासका नाममा वनविनाश हुनु,
– पूर्वाधार विकासको प्रमुख स्रोत वनसम्पदा रहनु, (पुल, भवन निर्माण आदि )
– वन चेतनाको कमी र वन फडानी हुनु,
– तीव्र सहरीकरण र वस्ती विकास गरिनु,
– जनसंख्याको तीव्रतर वृद्धि र वनप्रतिको निर्भरता बढ्नु,
– खुला सिमानाका कारण वन सम्पदाको चोरी निकासी बढ्नु,
– दुर्लभ वन, वनस्पति र जडीबुटीको संकलन र भण्डारण बढ्नु,
– खुला चरिचरनका रूपमा वन जंगलको प्रयोग बढ्नु,
– बाढी, पहिरो, डढेलोजस्ता प्राकृतिक विपत्तिको निशाना वन क्षेत्रमा पर्नु,
– वन संरक्षणका सरकारी नीति, कार्यक्रम प्रभावकारी नहुनु,

निष्कर्षः 
वनसम्पदा नेपालको प्राकृतिक धन हो । यसको संरक्षण गर्नु हरेक नागरिकको कर्तव्य हो । इन्धनको वैकल्पिक उपाय अवलम्बन, पूर्वाधार निर्माणमा नयाँ स्रोतको प्रयोग गर्न सकिन्छ । साथै वनजंगल/वातावरण प्रभाव मूल्यांकन गरी विकासका क्रियाकलाप सञ्चालन गरी वनविनाश हुनबाट रोक्न सकिन्छ ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1141
  • Vacancy 1
  • Past Questions 124
  • Nepal Police 8

Latest Blogs

308 Articles of the Constitution of Nepal and their brief descriptions
Others

नेपालको संविधानका ३०८ धारा र तिनको संक्षिप्त विवरण

  • Aug 16, 2026
  • 48
Loksewa G.K. Booster: Major national events that occurred in the month of Shrawan
Others

Loksewa G.K. Booster: साउन महिनामा घटेका प्रमुख राष्ट्रिय घटनाहरू

  • Aug 16, 2026
  • 60
Lumbini Province, Administration/Accounting/A.C.P. (Seventh Level) — 2081/04/30
Past Questions

लुम्बिनी प्रदेश, प्रशासन/लेखा/आ.ले.प. (सातौँ तह) — २०८१/०४/३०

  • Aug 16, 2026
  • 86
Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 341
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA